प्रदीप यादवको घर दैलोमा बढ्दो आकर्षण

788

वीरगन्ज मंसिर ८
संघीय समाजवादी फोरम नेपालले पर्सा क्षेत्र नम्बर १ को घरदैलो मंगलवार वीरगन्जको वडा नम्बर १५ भिस्वमा उत्साहपुर्वक सम्पन्न भएको छ । घर दैलोको क्रममा स्थानीयले ब्यापक उत्साहजनक रुपमा फोरम नेपालका पर्साका जिल्ला अध्यक्ष एवम् फोरम–राजपा गठबन्धनको तर्फबाट पर्सा क्षेत्र १ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवलाई खादा ओढाउदै टिका र मालाल लगाएर विजय–श्रीको आर्शिवाद दिएका छन् । स्थानीयले घर दैलोमा रहेका नेता कार्यकर्तालाई पनि स्वागत गरे ।


मधेशको सच्चा प्रतिनिधीको रुपमा पर्सा क्षेत्र नम्बर १ मा यादवको बिकल्प नभएको आम जनताले बिश्लेषण गरिरहेको बेला टोलटोलमा उनी पुगीरहेका छन् । जनताको आशिर्वाद लिन आफु घरदैलोमा पुगिरहेको नेता यादवले बताए । उनले गरेको भुमिकाले उच्च पहिचान बनेको भन्ने घरदैलोमा पाइएको जनउभारले देखिन्छ ।
यादवको जित सुनिश्चित भएको भन्दै स्थानीयले आर्शिवाद र शुभेच्छा प्रगट गरे । शुक्रवारको घरदैलोमा मधेशका विद्वान नेता लालबाबु राउत गद्दीलाई पनि जनताले घर दैलोमा स्वागत गर्दै जितको लागि शुभकामना प्रगट गरे । घरदैलोमा नेता पुरुषेत्तमलाल झा, मौलाना नुरुल होला, निरन्जन सर्राफ, युवा नेता शुशिल साह कानू, फोरम नेपालका प्रदेश सचिव सलाउदीन अहमद, युवा नेताहरु, इश्वर यादव, प्रकाश शर्मा, कुन्दक सिंह कुर्मी, अमोद यादव, दिपराज बर्मा, निखिल बर्णवाल, रोहित बर्णवाल लगायतको सहभागिता थियो ।