प्रश्न सोध्ने जनतालाइ अनिल रुंगटाले गुण्डा भने

2736

वीरगंज,११ मंसिर – चार वर्ष सांसद रहदा गरेका कामका बारेमा सर्वसाधरण जनताले जानकारी माग्दा काँग्रेसका निवर्तमान सांसद एंव पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार अनिल रुंगटाले प्रश्न सोध्ने जनतालाइ गुण्डाको संज्ञा दिएका छन् । वीरगन्जको माइस्थान पार्कमा रिपोटर्स क्लबले आज आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रममा सहभागी वीरगन्जका युवाहरुलाइ काँग्रेस उम्मेदवार रुंगटाले गुण्डाको संज्ञा दिएका हुन् ।

कार्यक्रममा रुंगटा समक्ष सहभागी एक युवाले सोधे,‘ तपाइ चार वर्ष सांसद रहदा विकासका लागि गरेका पाच वटा कामहरु मात्र भन्दिनुस् । ती युवाले प्रश्न राख्न नपाउदै त्यहा रहेका रुंगटाका समर्थक र कार्यकर्ताहरुले हुटिङ गर्दै होहल्ला गर्न थालेपछि काँग्रेस उम्मेदवार रुंगटाले भने ,‘ गुण्डा जस्तो हर्कत नगर्नुस्, मेरो कामका बारेमा जान्नु छ भने मलाइ व्याक्ति रुपमा भेट्नुस । रुंगटाले यस्तो जवाफ दिदा महानगरवासी तिनछक्क परेका थिए । कार्यक्रममा सहभागी अन्य सर्वसाधरणले पनि प्रश्न राख्दा रुंगटा जवाफ बिहिन भएपछि उनलाइ रयाख्रयाख्ती पारेका थिए । सर्वसाधरणहरुले तारन्तार प्रश्न राख्दै गएपछि अत्तालिएका काँग्रेस उम्मेदवार रुंगटाले अनाप सनाप जवाफ दिएका थिए ।

कार्यक्रममा सहभागी एमालेका निवर्तमान सांसद एंव प्रतिनिधीसभाका उम्मेदवार विचारी यादवले पनि २० वटा उद्योगपति भएका काँग्रेस उम्मेदवार रुंगटाले आफना उद्योगहरुमा ९० प्रतिशत भारतीय नागरिकलाइ रोजगारी दिएको बताए । आफनै उद्योगमा नेपालीलाइ रोजगारी दिन नसक्ने रुंगटाले अहिले भोटका लागि रोजगारीको नारा दिदै हिड्नु हास्यस्प्रद भएको विचारी यादवले बताए ।

कार्यक्रममा संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष एंव प्रतिनिधीसभा सदस्यका उम्मेदवार प्रदीप यादवले आसन्न निर्वाचनबाट मधेसमा मधेसी दलको सरकार बन्ने निश्चित रहेको र मधेस सरकारले पहिलो निर्णय नै मधेस आन्दोलनका शहिद परिवारलाइ ५० लाख रुपैया दिने निर्णय गर्ने उदघोष गरे । मधेसीको पहिचान , आत्म सम्मान र अधिकारका लागि फोरम नेपाल सदैवा संघर्षरत रहने भन्दै फोरम नेपालका उम्मेदवार यादवले मधेसीको टाँउकोमा गोली हानेर मधेस विरोधी कालो संविधान जारी गर्ने काँग्रेसका उम्मेदवारले अहिले मधेसी जनतासंगै भोट माग्ने कुनै अधिकार नै नभएको बताए ।