बिप्लव समुहका भोजपुरा राज्य  जनपरिषद् प्रमुख पक्राउ

230

प्रस वीरगज,मंसिर ३: नेपाल कम्युस्टि पार्टी (बिप्लव) समुहका  भोजपुरा राज्य  जनपरिषद् प्रमुख बिग्गा चौरसीयालाई आज पर्सा प्रहरीले पक्राउ गरेको  समाचार प्राप्त भएको छ

।  जिल्ला प्रहरी कार्यलय पर्साबाट खटेको क्राईमटोलीले आज दिउसो ४ बजे पक्राउ गरेको उनको परिवारीक स्रोतबाट जानकारी प्राप्त भएको छ । त्यसै गरि नेपाल कम्युनिस्ट पार्टी जिल्ला ईन्चार्ज आर्जन र जिल्ला सेक्रेटरी बिज्ञानले सयुक्त रुपमा प्रेश विज्ञप्ती जारी  गरिदै बिना कारण  चौरसियालाई पक्राउ गरेकोमा घोर सर्भत्सना गरिदै बिना र्सत छोड माग गरेको छ । पक्राउ परेका चौरसियालाई नछोडे त्यको कारण आफुले आन्दोलन गर्ने चेतावनी दिएको बिज्ञपतिमा उल्लेख छ ।