भाडाको कार्यकर्ता ल्याएका रुगँटालाई पछुतो, मञ्चबाट भागे (भिडियो सहित)

602

साभार: साझाडेली

वीरगन्ज मंसिर १२ – चुनावी कार्यक्रममा भाडामा ल्याएर प्रयोग गरिएका कार्यकर्ता सार्वजनिक कार्यक्रममा ल्याउदा त्यसको उल्टो असर परेपछि अनिल रुँगटा ब्यापक पछुतोमा परेका छन् । उनले लगानी गरेको पैसा र खुवाएको मासु दारुको जोसमा होस गुमाएका भाडाका ठेट्नाहरुले उनलाई नै बक्सेनन् । वीरगन्जको माइस्थान चोकमै उनलाई बेइजतियाओ गरेपछि रुँगटालाई सोमबार रातभरी निद्रा नलागेको उनका निकट ब्यक्तिहरुले बताएका छन् ।

हुटिङ्ग गर्ने भनेर प्रशिक्षित गरेर ल्याइएका कार्यकर्ता रुँगटाले बोली राख्दा नै हुटिङ्ग गर्न छोडेनन् । एमालेका उम्मेदवार बिचारी यादवले रुँगटाले आफ्नो फैक्ट्रीहरुमा नेपालीलाई रोजगारी न दिएर भारतीयहरुलाई मात्र काम दिएको र यस्तो ब्यक्तिले रोजगारी र विकासको कुरा गर्न सुहाउदैन भन्ने वजनदार प्रश्न गरेपछि तिलमिलाएका रुँगटा जवाफ दिन दिन उठेका थिए । एक वाक्य बोल्न नभ्याउदै कार्यकर्ताले हुटिङ्ग सुरु गरेका थिए ।

अर्को वाक्य जोड्न उनले प्रयास गरी रहे । ‘र’….‘र’ ‘र’ ‘र’ ‘र’ ‘र’ ‘र’ ‘र’ बोल्दै रहे आफ्नै भाडाका कार्यकर्ताले हुटिङ्ग गर्न छोडेनन् । त्यसपछि रुँगटा पश्चतापमा डुबेका थिए । अन्तमा मञ्च छोडेर भागेका थिए । माइस्थानबाट कुलेलम ठोकेर गितामन्दीर अगाडी पुगी गाडीमा बसेका थिए । पर्सा क्षेत्र नम्बर २ बाट काँग्रेसीहरुद्वारा धपाइएपछि रुँगटाले रोजाना ५ सय रुपैया, खाना नास्ता र ५० रुपैय रिचार्ज खर्च तय गरी आफुसंग राखेका नेबिसंघका एक जना कथित पुर्व अध्यक्षलाई झपारे । ‘तिमीले राम्ररी सिकाएर केटाहरुलाई ल्याउनु पर्ने थियो,’ भन्दै रुङ्गटाले चालकलाई भने टलोना (चलो ना) के डेक (देख) रओवो ।’

साभार : साझा डेली