भुकम्पको कर्कट तस्करीमा मालामाल भएका रुँगटा जेल जाने पक्का

676
विरगंज, मंसीर १२ – नेपालमा २०७१ साल बैशाख ११ गते आएको बिनासकारी भुकम्पले धैरै सर्वसधारणहरुको ज्यान गएको थियो । हजारौं घरबार भत्केर धारासायि भएको थियो र अर्बौ रुपैया भन्दा बढीको क्षति भएको अवस्थामा वीरगन्जका एक जना चतुर तथा धुर्त ब्यपारी अनिल रुँगटाले त्यसलाई करोडौं कमाउने अवसरको रुपमा भरपुर उपयोग गरेका थिए ।

देशको संबिधान बनाउने गठन भएको दोस्रो संबिधान सभामा अचानक रुगँटा काँग्रेस पार्टीको समानुपातिक सूचीमा सभासद भएका थिए ।

काँग्रेसको सधारण सदस्य समेत नरहेका रुँगटा सभासद भएपछि काँग्रेसीहरु चकित हुँदै भनेका थिए दशथरीको बैध र अबैध काम गरेर जम्मा गरेकोबाट ब्रिफकेस ठुला नेताहरुलाई बुझाएर जो कोही अ‍ैरुगैरु नथुखैरु अब आचानक रातारात नेता भइरहेका छन् । त्यही रुँगटा देशको संबिधान बनाउने बेलामा पैसा बनाउन लागे र भुकम्पमा बिच्चलीमा परेका, बिल्ल्बिाठ भएका दुखित, पिडित, घाइते र चिन्तित जनताको दुख पिडामा रमाए । भुकम्प पिडितको नाममा कर्कट (जस्ता) पाताको तसकरी गरे ।

बैशाखमा भुकम्प भयो त्यसको केही समयपछि भुकम्पपिडितको नाममा रुँगटाले भारतबाट भारी परिमाणमा कर्कट पाता खरिद गरे । सो कर्कट पता उनले झण्डै  एक बर्षपछि मात्र आयात गरेको वीरगन्ज भन्सार कार्यालयको रेकर्ड छ । यस विचमा उनले ३० ट्रक कर्कट पाता तस्करी गरी भित्र्याए । एक पटक भन्सारबाट ल्याएको कर्कट पाताको नाममा उनले तसकरीको कर्कट पाता नेपाल भरी पठाएर मालामाल भए ।

आफु सभासद हुँ भन्दै धाक लगाउदै उनले कर्कट पाताहरु नेपालको बिभिन्न ठाउँमा पठाउथे । यसरी संबिधान बनाउन भुमिका हुनुपर्ने सभासद पदको दुरुपयोग गरेर रुँगटाले पैसा बनाउने काम गरेका थिए । उनले बिभिन्न ठाउँमा बेँचेको कर्कट पाताको परिमाण, खरिद गरी मँगाएको भन्दा बढी छ । यस सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबिमा एक जना प्रतिस्पवर्धी ब्यपारीले उजुरी पठाई सकेको छन् । चाँडै नै यसमा छानबिन हुने र रुँगटा जेल जाने पक्का छ ।

साभार : प्रदेश खबर