मोतीहारी–अमलेखगंज पाइपलाइनको कार्य तीव्र, डिसेम्बरदेखि वीरगंजमा पाइप आउँदै

38

वीरगन्ज १९ कात्तिक मोतीहारी–अमलेखगंज पाइपलाइन परियोजनाको लागि आगामी डिसेम्बदेखि पाइपहरू भारतबाट वीरगंज आउने भएको छ । परियोजनाको सिमरास्थित कार्यालय प्रमुख मेकानिकल इन्जिनियर शरद पौडेलका अनुसार पाइपलाइनको कार्य भारतीय आयल कार्पोरेसनले तीव्ररूपमा अघि बढाएको उनले जानकारी गराए ।

पाइप राख्नको लागि वीरगंज चिनी कारखानाको दुई बिघा जग्गा पनि प्रतिमहिना २ लाख ३० हजार रुपैयाँको दरले भाडामा लिइसकिएको उनले बताए ।

करिब ४ अर्ब भारतीय रुपियाँको लागतमा निर्माण हुने बहुप्रतीक्षित परियोजना मोतीहारी–रक्सौल ३३.२ किलोमिटर र रक्सौल–अमलेखगंज ३६.७ किलोमिटरको हुनेछ ।

पाइपलाइनको लागि जमीनमुनि राख्ने पाइपको ब्यास १०.७५ इन्चको हुने उनले बताए । भारतमा अहिले पाइप निर्माण भइरहेको जानकारी गराउँदै पाइप निर्माण गर्ने भारतको एनएसएल कम्पनीसँग सम्झौता भएको उनले बताए ।
परियोजना पूरा गर्न पथलैयादेखि परवानीपुरसम्म व्यापारिक मार्ग निर्माण भइरहेकोले खासै समस्या नभए पनि अमलेखगंजदेखि पथलैयाको बीचमा जङ्गल भएकोले र परवानीपुरदेखि बाइपास रोड हुँदै रक्सौल नाकासम्म सडकको छेउछाउमा बिजुलीका पोलहरू हुँदा केही चुनौती थपिने उनले बताए ।

पथलैयादेखि अमलेखगंजको बीचमा रहेको जङ्गलको रूख कटानीको लागि परियोजनाका इन्जिनियरहरूले वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृतिका लागि वातावरण मन्त्रालयमा फाइलसमेत पठाइ सकेको र पाइपलाइनको रूटमा पर्ने बस्ती, पसल र बिजुलीको पोल खाली गराउन समेत सम्बन्धित निकायलाई पत्राचार गरिसकिएको छ । प्रतिक