यसपाली मधेसी नेतृत्वमा मधेस सरकार : प्रदीप यादव

365
वीरगन्ज मंसिर १३ – संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष एंव फोरम राजपा गठबन्धनका तर्फबाट पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य उम्मेदवार प्रदीप यादवको बुधवार वीरगन्ज २२ जगरनाथपुरमा भएको घरदैलोमा ५ सय भन्दा बढी साथनीयले सहभागिता जनाएका छन् । नेता यादव र १ को दुईबाट प्रदेश सभा उम्मेदवार जन्नत अन्सारीको घरदैलो सम्पन्न भएको हो । घरदैलो कार्यक्रम जगरनाथपुरमा कुनै उत्सव भएसरह देखिएको स्थानीयले बताए ।
नेता यादवले फोरम नेपालप्रति बढ्दो जनउभार र जनलहरले आफुहरुको जित सुनिश्चित भएको बताउदै घरदैलो शानदार भएको बताए । उनले आफुहरुको जित पनि शानदार हुने टिप्पणी गरे । यादवले जनताको सदभाव र स्वागत बटुल्न भ्याई नभ्याई भएको थियो । फोरमको घरदैलोका कार्यक्रम सुनेर स्थानीयहरु भुमिएका थिए ।
यसपाली आफुहरु मधेसवादी र सक्षम नेतृत्व रोजेकोले प्रदीप यादवलाई भारी बहुमतसाँथ जिताउने स्थानीयले प्रतिक्रिया दिए । घरदैलोमा अत्यन्त धेरै सहभागिता भएपछि उत्साहित भएका यादवले प्रतिक्रिया दिदै मधेसको मुद्दा सम्बोधनका निम्ति मधेसको धर्तीबाट मधेसीको नेतृत्व तथा प्रतिनिधित्व हुने सुनिश्चित देखेको बताए । उनले मधेस सरकार स्थापीत गर्ने आम मधेसीको सपना साकार हुने बेलाएको बताए घरदैलोमा फोरम जिल्ला उपाध्यक्ष सुन्दर कुर्मी, वीरगन्ज २२ का वडाअध्यक्ष ग्यासुद्दिन मियाँ, साबिक जगरनाथपुृर गाबिसका पुर्व अध्यक्ष चन्द्रमान जोशी, साबिक भवानीपुरका पुर्व गाबिस अध्यक्ष बलिराम महतो, नेता भरत गिरी राजा प्रसाद यादव, दुर्गा तुरहा, असलम आलम लगायत तथा सयकडौं नेता कार्यकर्ताको उपस्थिती रहेको थियो भने स्थानीयको ब्यापक सहभागिता रहेको थियो ।