आज:  | Sun, 20, Oct, 2019

हार्ने निश्चित भएपछि दारु पिएर रुंगटा क्वाँ क्वाँ रुन्छन्

बिरगंज सिटी ९ मंसिर २०७४, शनिबार १६:२४मा प्रकाशित (१ साल अघि) ४८८५ पाठक संख्या

वीरगन्ज, ९ मंसिर – पर्सा क्षेत्र नम्बर १ का काँग्रेसका सांसद अनिल रुंगटा , चुनावमा हार्ने निश्चित भएपछि मनको पिडा भुलाउन राति मदिराको सहारा लिन थालेका छन् । पर्सा क्षेत्र नम्बर १ मा फोरम राजपाका उम्मेदवार प्रदीप यादवलाइ हरेक वडामा भएका घरदैलो कार्यक्रममा जनताको अपार समर्थन र जितको आशीर्वाद मल्दिै गएको देखेर हतास मनस्थितीमा पुगेका कांग्रेसका उम्मेदवार रुंगटा हरेक राति मदिराको साहरा लिएर पिडा भुलाउने प्रयास गर्दै आएको उनकै परिवारजनले बताएका छन् ।

चुनावी अभियान शुरु गरे देखि नै करौडौ रकम बाड्न थालेपनि जन समर्थन फोरम राजपाका उम्मेदवार यादवको पक्षमा बढ्दै गएको देखेर रुंगटा अहिले नै आफनो पराजित निश्चित भएको निष्कर्षमा पुगि सकेका छन् । रुंगटाका आसेपासे र चाकरीबाजहरुले भ्रममा पार्दै आएको भएपनि रुंगटालाइ भने आफनो जित अब कुनै हालमा सम्भव नरहेको महशुस भएपछि उनले चुनावी प्रचार प्रसारका क्रममा पनि अनाप सनाप बक्दै हिडेका छन् ।

रुंगटाले अहिले नै हार मानी सकेका छन्, रुंगटासंगै चुनावी प्रचारमा हिडेका उनका एक काँग्रेसी कार्यकर्ताले भने ,‘ तर के गर्ने अहिले नै सलेण्डर गर्न नमिल्ने भएर मात्रै घरदैलोमा हिडिरहेका छन् । उनले थपे , हार निश्चित भएपछि उनि राति मदिराको सहारा लिन्छन् तर मदिराले पनि उनको पिडाको गम भुलीरहेको छैन , कुनै कुनै बेला त ओछयानमै क्वां क्वां रुन्छन् पनि, त्यो देखेर परिवारका सदस्यहरुमा पनि रुवाबासी चल्छ ।