आज:  | Sun, 20, Oct, 2019

पैसा बाड्दै हिडेका रुङ्ग्टालाई स्थानीयले लखेटे

बिरगंज सिटी १० मंसिर २०७४, आईतवार ०३:१८मा प्रकाशित (१ साल अघि) ७४५ पाठक संख्या

वीरगंज, मंसिर १० – निर्वाचनको मिती नजिकिंदै जाँदा पर्सा जील्लाको निर्वाचन क्षेत्र नम्बर एकका विभिन्न स्थानहरुमा मतदातालाई प्रभावित पार्न आर्थिक चलखेल सुरु भएको छ ।

निर्वाचन केहि दिन मात्र बाकि रहेपनी मतदाताहरुलाई आफ्नो पक्षमा ल्याउन असफल भएपछी नेपाली कांग्रेसका तर्फाबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार उम्मेदवार अनिल रुङ्ग्टाले पैसाको सहारा लिन थालेका छन् । वीरगंज महानगरपालिकाको वडा नम्बर ११ का विभिन्न स्थानहरुमा मतदाता प्रभावित पार्न नेपाली कांग्रेसले गएराती पैसा बाडेको खबर आएको छ ।

गएराती वडा नम्बर ११ मा पर्सा १ का कांग्रेसका उम्मेदवार अनिल रुङ्ग्टा स्वयम् पैसा वितरण गर्न लागेको सूचना पाए पछी स्थानीयले उनलाई लखेटेका थिए । वीरगंज महानगरपालिका वडा नम्बर ११ का वासी रवि कुमार भन्छन, ‘रातको करिव १२ बजे २-३ वटा गाडि मेरो घर नजिकै रुक्यो र एउटा सानो भिड त्यहा भेला भयो, अनिल रुङ्ग्टा पनी त्यहि थिए, झ्यालबाट मैले देख्दा पैसाले भरेको व्याग अनिल रुङ्ग्टाले त्यहा जम्मा भएका व्यक्तिहरुलाई दिंदै थिए । त्यसपछि मैले हल्ला गरे अनि स्थानीयहरुको भिड जम्मा हुनथाले पछी रुङ्ग्टा त्यहाबाट भागेका थिए ।

नेपाली कांग्रेसले अन्य धेरै स्थानहरुमा पैसा बाडेर मतदाताहरुलाई लोभ्याउदै गरेको खबर सतहमा आएको छ । वडा नम्बर २० हरापतागंजका अनिल कुमारलाई पनी पैसा लिएर नेपाली कांग्रेसलाई मतदान गर्ने अफर आएको उनि बताउछन । “केहि दिन अगाडी स्थानीय नेपाली कांग्रेसका नेता र कायकर्ताहरुले मलाई आफ्नो घर बोलाई केहि पैसा दिन खोजेका थिए र नेपाली कांग्रेसको झण्डा बोक्न आग्रह गरेका थिए मैले पैसा लिन अस्विकार गर्दै निर्वाचन कार्यालयमा गुनासो गर्ने धम्कि दिए पछी उनिहरु फेरी सम्पर्कमा आएका छैन, ” अनिल बताउछन । उक्त घट्नबारे अनिल रुङ्ग्टालाई फोन बाट सम्पर्क गर्न खोज्दा उनको मोबाइल अफ रहेको थियो ।