आज:  | Wed, 16, Oct, 2019

अनिल रुङ्ग्टा को हो? हामी चिन्दैनौं – मतदाता

बिरगंज सिटी १० मंसिर २०७४, आईतवार ०३:३४मा प्रकाशित (१ साल अघि) ४०५१ पाठक संख्या

वीरगन्ज, मंसिर १० – प्रदेश नम्बर दुईमा दोश्रो चरणको आगामी मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा वीरगन्ज महानगरपालिका पूर्ण रुपले होमिएको छ । निर्वाचन क्षेत्र नम्बर १ र २ को केहि अन्स पर्ने उक्त महानगरपालिकामा विशेषगरी ३ दल प्रतिस्पर्धामा रहेका छन् । नेपाली कांग्रेस, बाम गठबन्धन र फोरम-राजपा गठबन्धन ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले व्यापारी उम्मेदवार अनिल रुङ्ग्टालाई अगाडि सारेको छ भने बाम गठबन्धनबाट पुन: पुर्व सभासद रहीसकेका विचारी यादवले मौका पाएका छन् । अर्को तिर मधेस गठबन्धनबाट संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष एवम् मधेस आन्दोलनका अगुवा प्रदीप यादव प्रतिष्पर्धामा रहेका छन् ।

निर्वाचनको मिती नजिकदै जाँदा दलहरुले आफ्नो तरिकाले प्रचार प्रसार गरे पानी मतदाताले भने आफ्नो मत कसलाई दिने कुराको निर्णय गरिसकेको जस्तो देखिन्छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ११ घर भएका विद्यार्थी रवि कुमार भन्छन आज सम्म आफ्नो अनुहार नदेखाएको व्यक्तिलाई किन भोट गर्ने? हाम्रो मत लिने अधिकार केवल मधेस आन्दोलनमा योगदान पुर्याएका व्यक्तिलाई मात्र छ । आफुले पनी त्यस्तै कुनै व्यक्तिलाई मतदान गर्ने निधो गरिसकेको उनि भन्छन ।

त्यसैगरी वीरगन्ज महानगरपालिका वडा नम्बर २० हरापतागंजको अपौनीका अनिल कुमार भन्छन निर्वाचनमा धेरै पैसाको खेल हुदै छ आफुलाई पानी नेपाली कांग्रेसबाट पैसाको अफर आइसकेको उनि बताउछन, “पैसा पानि जस्तो बग्दै छ, नेपाली कांग्रेसले सबैलाई पैसाले किन्न खोज्दै छ, मलाई पनी पैसा दिन खोजिएको थियो तर मैले आफ्नो मत कुनै पैसावालालाई नभएर सामाजिक व्यक्तिलाई मात्र दिने निर्णय गरेको छु,” उने भने ।

सो वडाकी माला देवी भन्छिन नेपाली कांग्रेस र एमाले जस्ता पार्टीलाई हामिले कयौं पटक जिताएर पठायौं तर हामि बृद्ध-बृद्धाका लागी कहिलै केहि गरेन, आन्दोलनमा हाम्रा छोरा-छोरीहरु माथि उल्टै गोलि बर्सायो, कसरी मतदान गर्ने तिनीहरुलाई? उनले भनिन, ” मेरो छोरा पानी आन्दोलनमा घाइते भएको थियो तर कसैले केहि सहयोग गरेन, मधेसी दलका नेताहरु नभएका भए मेरो छोरा मर्नेनै थियो ।”