आगालागीका मृतकलाइ जनही एक लाख र घाइतेलाइ जनही ५० हजार दिने सांसद प्रदीप यादवको घोषणा

3129

वीरगन्ज , ५ पुष ः प्रतिनिधिसभामा पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद प्रदीप यादवले सुपर ग्यास उद्योगमा बुधबार भएको भीषषण आगलागीको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

भारतको पटना विश्व विद्यालयको कार्यक्रममा सरकि हुन बुधबार पटनामै रहेका संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष समेत रहेका सांसद यादवले आगलागीको घटनाले आपूm दुखी भएको जानकारी दिँदै मृतकहरुको आत्मको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना समेत व्यक्त गर्नुभएको छ ।

उहाँले घटनामा ज्यान गुमाएकाहरुको परिवारलाई जनही एक एक लाख र घाईतेहरुको उपचारका लागि जनही ५०÷५० हजार रुपैया सहयोग गर्ने घोषणा समेत गर्नुभएको छ । घटनाको बारेमा जानकारी पाए लगत्तै आपूmले आगो नियन्त्रणका लागि विहार सरकारसँग समन्वय गरी रक्सोलको भारतीय आयल निगमसँग रहेको वारुणयन्त्र आगलागी नियन्त्रणका लागि पठाउने पहल गरेको उहाले बताउनु भयो ।

घटनाको बारेमा बुधबार बिहानै देखि पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकसँग बारम्बार सम्पर्कमा रहेर घटनाको बारेमा जानकारी लिएको पनि उहाले बताउनुभयो । उहाँले दुखद घटनाको विषयमा सत्यतथ्य छनविन गर्नका लागि उच्च स्तरीय छानविन टोली गठन गर्नुपर्ने माग गर्दै दोषी देखिए दोषी माथि कडा भन्दा कडा कारवाही हुनुपर्ने माग समेत गर्नुभएको छ । यसका साथै मृतकका परिवारलाइ क्षति पुर्ति र घाइतेहरुको सम्पूर्ण उपचार खर्च व्यवहोर्न सरकारसंग माग पनि गर्नु भएको छ ।

उद्योगमा भएको आगलागी नियन्त्रणका लागि भारतको बिहार सरकारसंग समन्वय गर्ने क्रममा आफुसंगै पटनामा रहेका रौतहटका सांसद अनिल झा र वरिष्ठ पत्रकार चन्द्र किशोरले पनि निक्कै सहयोग गरेको सांसद यादवले बताउनु भयो । अति संवेदनशील रहेको ग्यास उद्योग र प्लान्टहरु मानव वस्तीबाट टाढाको ठाँउमा स्थानान्तरण गर्न पनि उहाले नेपाल सरकारसंग माग गर्नु भएको छ ।