आन्दोलनकारीका लागि धारा गाड्ने पैसा राकेश यादवले झ्वाम पारे

320

वीरगन्ज मंसिर १५ – आसन्न निर्वाचनको परिपेक्ष्यमा समाजिक संजालमा बाँयबुई बढाएका काँग्रसको भातृसंगठन नेबिसंघ पर्साका कथित अध्यक्ष राकेश यादवको कर्तुत मान्छेहरुले सम्झिन थालेका छन् । मधेस आन्दोलनको समयमा गरिबदेखी धनीसम्मका मानिसहरु आन्दोलन सफल पार्न आफ्नो योगदानको लागि अघिसरेको बेला राकेशले पैसा कमाउने चतुराई लगाए ।

नेपाल भारत सिमामा मधेसी आन्दोलनकारीहरुको धर्ना चलिरहेको बेला त्यहाँ खानेपानीको समस्या भइरहेको थियो । काँग्रेस नेतृत्वको सरकारको निर्देशनमा आन्दोलन दबाउन उद्दत सूरक्षा संयन्त्रले नेपालतर्फबाट खानेपानीको बोतल लैजान पनि रोको थियो । कतिपय दाताले स्वेच्छाले लगेका खाजा र खानेपानी सरकारको निर्देशनअनुसार सूरक्षाकर्मीले खोसेका थिए ।

बरु सिमा नजिकै एउटा टयुबेल धारा गडेपछि आन्दोलनकारीले तिर्खा मेट्न पाउने र पछि सर्वसधारण बटुवाले पानी खाने हुन्छ भन्ने कुरा उठ्यो । त्यसको लागि चन्दा म उठाउछुँ भनेर राकेश तम्त्यार भए । मजदुरदेखी स्कुले बालबालिकासम्मले पैसा हालेपछि ५० हजारभन्दा बढी रकम संकलन भयो । चन्दा संकलन गर्ने काम सकिएपछि राकेश सिमानाका क्षेत्रमा देखिन छाडे । त्यतिबेला चन्दाको रकम झ्वाम पारेर बेपाता भएका राकेशलाई यिनै हुन भन्ने कुरा सम्झेर बारा सिम्रौन गढका हरेराम कुशवाहोले भने, ‘रे इ हमनी से पैसा उठइले रहे कल हालावे खातिर, ले के भाग गइल अभिन बाडका बाडका बतियाता ?’

‘मैले पनि २ सय ५० रुपैया दिएको थिएँ धारा गड्ने भनेर राकेश दाइ को हातमा खै धारा त गाडिएन पैसा के गर्नु भयो उहाँलाई नै थाहा होला,’ वीरगन्ज ११ रानिघाटका आसु सर्राफले भने । पर्सा पोखरिया नगरपालिका ११ का राकेश महतोले आफुले पचास रुपैया दिएको सम्झे ।

साभार : साझा डेली