पर्सा मा फोरम नेपाल-राजपा गठबन्धनको दब्दब्बा अन्सारी निर्वाचित

499

वीरगंज, मंसिर २४ – पर्सा निर्वाचन क्षेत्र नम्बर ३ को (क) प्रदेश्सभा सदस्य पदमा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का संयुक्त उम्मेदवार मन्जुर अन्सारी आफ्नो निकटम प्रतिद्वान्द्धि नेपाली कांग्रेसका चद्र किशोरे प्रसाद चौधरीलाई १ सय ५९ मतको झिनो मतान्तरले पराजित गर्दै निर्वाचित भएका छन् । फोरम-राजपा गठबन्धनका अन्सारीले ७ हजार ४ मत ल्याएका छन् भने कांग्रेसका चौधरीले ६ हजार ८ सय ४५ मत प्राप्त गरेका छन् । बाम गठबन्धनका संयुक्त उम्मेदवार नाग्रेन्द्र प्रसाद चौधरीले ५ हजार ९ सय ८६ मत प्राप्त गरेका छन् ।

अर्कोतिर पर्सा क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा पदमा फोरम-राजपा गठबन्धनका हरिनारायण रौनियारलाई उच्छिन्दै नेपाली कांग्रेसका सुरेन्द्र प्रसाद चौधरी अगाडि बढेका छन् । पछिल्लो २ दिन देखि अग्रता लिंदै आएका रौनियारलाई नेपाली कांग्रेसका चौधरी १ हजार १ सय १९ मतको अन्तरले अगाडि भएका छन् । चौधरीले ६ हजार ७ सय १७ मत ल्याएका छन् भने उनलाई पछ्याउदै फोरम-राजपा गठबन्धनका हरिनारायण रौनियारले ५ हजार ५ सय ९८ मत प्राप्त गरेका छन् । बाम गठबन्धनका संयुक्त उम्मेदवार राजकुमार गुप्ताले ५ हजार ४ सय १४ मत प्राप्त गरेका छन् भने नेपाल संघीय समाजवादी पार्टीका राजकुमार यादवले ४ हजार ६ सय ४४ मत प्राप्त गरेका छन् ।

पर्सा जिल्लामा अहिले सम्म ४ स्थानको अन्तिम नतिजा सार्वजनिक भएको छ । जसमध्ये पर्सा निर्वाचन क्षेत्र नम्बर १ को क बाट प्रदेशसभा सदस्य पदमा फोरम-राजपा गठबन्धनका संयुक्त उम्मेदवार जन्नत अन्सारी, पर्सा निर्वाचन क्षेत्र नम्बर ४ को क बाट प्रदेशसभा सदस्य पदमा नेपाली कांग्रेसका शंकर प्रसाद चौधरी, पर्सा निर्वाचन क्षेत्र नम्बर २ को क मा नेपाली कांग्रेसका राजेश्वर प्रसाद साह तेली विजयी भएका छन् र पर्सा निर्वाचन क्षेत्र नम्बर ३ को क मा फोरम-राजपा गठबन्धनका मन्जुर आलम निर्वाचित भएका छन् ।