फोरम राजपा गठबन्धनलाई नै भोट किन ? (भिडियो सहित)

1283

वीरगंज, मंसिर १८ – मधेश मुद्दा र प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन २०७४ को सन्र्दभमा फोरम राजपा गठबन्धनलाई मतदान किन गर्ने ? भन्ने सवालमा विश्लेषहरुको भनाई यस्तो छ ।

बिजयकान्त कर्ण (प्रध्यापक, राजनीतिशास्त्र)
राजपा र फोरम दुबै लोकतान्त्रि पार्टी हुन् । यि दुईटा पार्टीको एउटा कुरा के छ भने बिगत पाँच बर्षदेखी यो दुईटै पार्टी बडो गम्भीरतापुर्वक र सतामा नगईकन इमान्दारीसाँथ संबिधान निर्माणमा मधेसको लागि जनजातिका लागि र दलितका लागि लागे । अर्को कुरा के छ भने राजपा र फोरमको लडाई मधेसीको अधिकारको लडाई मात्र होइन् । जनजाति, दलित, मुस्लिम र पछाडी पारिएका सबै समुदायको पक्षमा लडाई हो । मधेस आन्दोलनमा मधेसीहरु सहिद हुन्छन् तर अधिकार पाउदा सबैको लागि हुन्छ चाहे त्यो पहाडमा बस्ने होस या मधेसमा ।

अहिले आएर केपी ओली, झलनाथ खनाल, पुष्पकमल दहालले नेपालको आन्तरिक राजनीतिमा चिनलाई निम्तो गरेका छन् । नेपाललाई ‘भारत र चिनको राणनीतिक द्वन्द’को केन्द्र बनाउने काम भयो । यसबाट नेपालमा अल्पसंख्यक, पछाडी परिएका र बिभेदिकरणमा परेकाहरु माथी गम्भीर प्रहार हुन्छ । संबिधान संसोधन लगायत सबै अजेण्डालाई दरकिनार गर्दै नियन्त्रित साशन सता संचालन गर्ने प्रयास भइरहेको छ । जसमा काँग्रेसले पनि अल्पसंख्यक, पछाडी परिएका र बिभेदिकरणमा परेकाको पक्षमा छैन् । नेपाली काँग्रेसको भुमिका हुनुपर्ने हो तर उसको समस्या यो छ कि काँग्रेस आफै समस्या छ ।

यस्तोमा मधेसी, जनजाति, अल्पसंख्यक, पछाडी परिएका र बिभेदिकरणमा परेका कर्णालीका जनता एकजुट हुन जरुरी छ । आफ्नो लागि र नेपाललाई अन्तराष्ट्रिय किसिमको द्वन्दको केन्द्र बन्नबाट जोगाउन । यसैको निम्ति पनि मधेसी दलको बढीभन्दा बढी प्रतिनिधत्व हुन जरुरी छ । असमान नागरिक ब्यवस्था पुर्नस्थापनको बिरुद्ध र आफ्नो अस्तितव्को रक्षाका लागि मधेसी लगायत बिभेदिकरणमा परेकाहरुले फोरम राजपा गठबन्धनलाई जिताउनु पर्छ ।

दिपेन्द्र झा (अधिवक्ता, काठमाडौं)
मधेसी दललाई बढीभन्दा बढी मत दिएर जिताउनुस् । किनकी यस पटकको चुनाव प्रतिष्ठाको लडाई हो, मानसम्मानको लडाई हो । यसपाली यदी मधेशीहरुले मधेसका दललाई मत दिनु भएन भने केपी ओलीले जे भनिरहेका थिए कि ‘मधेसी जनता मधेस आन्दोलनको साँथमा छैन्’ त्यस भनाईलाई बल मिल्ने छ । केपी ओलीले अन्तर्राष्ट्रि«य समुदायलाई भन्न पाउने छन, ‘हेर्नुस वीरगन्जबाट मधेसी दल हारे, जनकपुरमा हारे, राजबिराजमा हारे, जलेश्वरबाट हारे । ‘मधेसी जनता मधेसी आन्दोलनसँग छैन्, मधेसी दलसँग छैन’ भन्ने उनको भनाई सत्य प्रमाणित हुनेछ । याद गर्नुस त्यो मधेसी सहिदहरुको बलिदानी ।

के त्यसतोलाई तपाईले भोट दिनु हुने छ जुन दलको सरकार थियो र मधेसस् जनता मारिए । उनीहरुको सरकार थियो, प्रधानमन्त्री थिए, के प्रहरीले नसोधिकन गोलि चलाएका होलान ? उसको प्रधानमन्धीको आदेशमा हाम्रो भाइबन्धु उपर गोली चलाईको होला । तपाईले गोली चलाउनेलाई मत दिने कि गोली खानेलाई ? जो नश्लीय संबिधान हामीउपर लादिएको छ त्यसको जवाफ हामीले दिनुपर्छ बैलेटमार्फत । मधेसी जनताको सदियौंदेखीको सपनाको हो स्वायत मधेस प्रदेश । त्यो सपना मधेसी दलले मात्र पुरा गर्नेछन् अरुले होइन् ।

श्रीमति दर्शना (सामाजिक अभियन्ता)
मधेसी जनताले आन्दोलन गरे, लाठी चल्थ्यो, गोली चल्थ्यो मान्छे मर्थे । र, जो आन्दोलनलाई दबाउन भुमिका गरे ति दलहरुले स्थानीय तहको चुनावमा यहाँ मधेसबाट मत पाए । आगामी चुनावमा हामी नयाँ परिवर्तन खोज्दैनौ भने निकास निस्किदैन् । आन्दोलन गर्दाखेरी हामी मधेसी दलको समर्थन गर्छौ, जिताउने बेलामा अन्य पार्टीलाई जिताउछौं । बिगत मधेस आन्दोलनमा मान्छे मरेका छन्, कति घट्ना दुर्घटना भएका छन् । जे मुद्दाका लागि त्यो भयो मतगणना हुँदा त्यसको समर्थन हामीबाट देखिएन् । यसपाली हामीसंग सुनौलो अवसर छ, आफ्नो मधेसी दललाई जिताऔं । र, जे मधेश मुद्दा छन् सिमांकनदेखी नागरिकतासम्म त्यो मधेसी दलले नै पुरा गराउने हुन् । म सबैसंग अनरोध नै गर्न चाहन्छुँ, यसपाली सोंचेर सम्झेर भोट दिउँ ।

शुसिल भट्राई (प्रध्यापक)
प्रतिनिधी सभा र प्रदेश सभाको चुनाव हुदैछ । २ नम्बर प्रदेश भनेको मधेस प्रदेश हो । मधेसमा बस्ने सम्पुर्ण जनताले त्यत्रो ठुलो क्रान्ति गरे अधिकार, पहिचान र आत्मसम्मानको लागि । मधेसमा बस्ने सबै जनता चाहे त्यो खस होस, जनजाति होस वा मधेसी यसमा चुक्नु हुदैन् । भन्छन् मधेसी जनता आन्दोलन गर्न जान्दछन् प्रतिनिधित्व गर्ने बेलामा चुक्दछन् । पैसामा बिक्दछन्, सहि निर्णय गर्न चुक्दछन् भन्छन् । अहिलेसम्मको त्याग र बलिदानको सहि सदुपयोग गर्न चुक्नु हुदैन मधेसी दललाई नै बढीभन्दा बढी मत दिएर जिताउनु पर्छ, आफ्नो अधिकार, पहिचान र आत्मसम्मान सुरक्षित गर्नका लागि ।

देवेश चन्द्र (विश्लेषक)
तपाइले यो चुनावमा कसैलाई त भोट दिनु हुन्छ ?तपाईँ आक्रोशित भएर वा रिसमा आएर कुनै अर्को दललाई भोट दिनु भयो भने त्यसले कुनै व्यक्ति वा दलको पराजय हुदैँन ।मधेस मुद्दाको पराजय हुन्छ । त्यसैले मधेसका दललाई नै भोट दिउँ ।

हेर्नुस भिडियो;

साभार : यात्रा डेली