मधेसी जनतालाई पैसाले खरिद गर्ने कसैको हैस्यत छैन : प्रदीप यादव

1254

वीरगंज, मंसिर १६ – संघीय समाजवादी फोरम नेपाल पर्सा प्रसार प्रसार समिति क्षेत्र नम्बर १ द्वारा वीरगंज महानगरपालिका वडा नम्बर १५ भिशुवा मा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि सयौं व्यक्तिहरुले फोरम नेपालमा प्रवेश गरेका छन् ।

प्रविन कुमार मणिपालको अध्यक्षता एवं पार्टीका जिल्ला अध्यक्ष तथा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवको प्रमुख आतिथ्यमा, प्रदेश सभा सदस्य पदका उम्मेदवार लालबाबु राउत गद्दीको विशिष्ठ आतिथ्य एवं लक्ष्मी प्रसाद पाठकोको संयोजातामा सम्पन्न आजको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि सयौं युवाहरु फोरममा प्रवेश गरेका हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष यादवले मधेसी जनताले मधेसको अधिकारका लागि संगर्ष गरिरहेको फोरम-राजपा गठबन्धनलाई मतदान गरी निर्वाचित गराउने बताएका छन् । उहाँले, ‘पैसाको बलमा मधेसीहरुलाई खरिद गर्ने कुनै व्यक्तिको हैस्यातमा नरहेको र महेसी जनताले पैसा वालाहरुलाई सबक सिकाउने छन्,’ भने ।

उहाँले आफु संग डराएर कांग्रेसले पैसा वाला उम्मेदवार उठाएको दावी गर्दै भने, ‘जति पैसा खर्च गरे पनि मधेसी जनताले मधेसी माथि गोलि ठोक्ने र मधेसीको लागि संगर्ष गर्ने विचको भिन्नता बुझेका छन् र मतगणनामा मधेसी शक्ति कांग्रेस र बाम गठबन्धन भन्दा हजारौं मतले अगाडि रहने छ’ ।

कार्यक्रममा जिल्ला समन्यव समितिका अध्यक्ष नेक महम्मद मियाँ, मुस्लिम संघका राष्ट्रिय अध्यक्ष नुरुल हुदा, मधेसी स्वास्थ्य कर्मी फोरमका केन्द्रिय अध्यक्ष बाल किशोर यादव, वरिष्ठ पत्रकार धुर्व साह, वीरगंज महानगरपालिकाका कार्यपालिका सदस्य निरन्जन सर्राफ (मुन्ना सर्राफ) युवा नेता रमेश यादव, इश्वर यादव, सर्फरोज मन्सुरी, दिप राज वर्मा, कुन्दन सिंह कुर्मी, मुन्ना गिरी, रोहित वर्णवाल, निखिल वर्णवाल लगयात अन्यको उपस्थिति रहेको थियो ।