मधेसी शहिदलाइ होच्याउने काँग्रेसीलाइ मधेसी जनताले जवाफ दिन्छन् – प्रदीप यादव

437

वीरगन्ज , मंसिर १६ – वीरगन्ज महानगरपालिका वडा नम्बर १३ राधेमाइमा आज संघीय समाजवादी फोरम नेपालको चुनावी घरदैलो कार्यक्रम सम्पन्न भएको छ । फोरम नेपाल पर्साका अध्यक्ष एंव पर्सा क्षेत्र नम्बर १ प्रतिनिधीसभा सदस्य उम्मेदवार प्रदीप यादवको अगुवाइमा भएको घरदैलो कार्यक्रममा स्थानीयवासीले उम्मेदवार यादवलाइ फुलमाला लगाउदै जितको आशीर्वाद पनि दिएका थिए । स्थानीय मतदाताहरुसंग कुरा गर्दै फोरम राजपा गठबन्धनका उम्मेदवार यादवले मधसको हक अधिकार र आफना सन्ततीको उज्वल भविष्यका लागि आसन्न निर्वाचनमा मधेसी दलका उम्मेदवारहरुलाइ नै भोट दिन आग्रह गर्नु भयो ।

पैसाको बलमा र भोजभतेर खुवाएकै भरमा मधेसी जनताले काँग्रेस र एमालेका उम्मेदवारलाइ भोट नदिने निश्चित रहेको भन्दै उहाले मधेसको सच्चा पहरेदार पार्टी फोरम नेपाल र राजपा नै रहेको भन्ने कुरा मधेसी जनताले बुझिसकेको बताउनु भयो । झुठो हल्ला फिजाएर काँग्रैसका उम्मेदवार र नेताहरुले फोहोरी खेल खेलेको भन्दै फोरम नेपालका उम्मेदवार प्रदीप यादवले त्यसको जवाफ मधेसी जनताले आसन्न निर्वाचनमा दिने ठोकुवा गर्नु भयो ।

मधेसी जनता र मधेसी आन्दोलनलाइ होच्यार भाषण गर्ने काँग्रेसका उम्मेदवार र नेताहरुले मधेसी शहिदको बलिदानीको पनि अपमान गर्दै आएको उहाले बताउनु भयो । मंसिर २१ गतेका दिन हरेक मधेसी जनताले मधेस आन्दालनका शहिद र घाइतेहरुलाइ याद गरेर भोट हाल्नु पर्ने उहाको सुझाव थियो । घरदैलो कार्यक्रममा फोरम नेपालकी नेतृ करिमा बेगम , जिल्ला उपाध्यक्ष सुन्दर कुर्मी , युवा नेताहरु दिपराज बर्मा , शुसिल साह कानु , विद्यार्थी नेता निखिल वर्णवाल लगायतको पनि सहभागीता रहेको थियो ।

यसैबिच वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीमा आज संघीय समाजवादी फोरम नेपालको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा काँग्रेस , एमाले लगायतका पार्टी परित्याग गरि अर्जुन महत्ताको नेतृत्वमा करिब दुइ सय जना फोरम नेपालमा प्रवेश गरेका छन् ।

कार्यक्रममा फोरम नेपालका केन्द्रिय उपाध्यक्ष एंव पर्सा क्षेत्र नम्बर १ को ख का प्रदेशसभा सदस्य उम्मेदवार लालबाबु राउत गद्धी र वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीले फुलमाला र अबीर टिका लगाएर नवप्रवेशीहरुलाइ पार्टीमा स्वागत गर्नु भयो । फोरम नेपालका नेता एंव वडा नम्बर १२ का वडा अध्यक्ष रामदरश प्रसाद कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रममा फोरम नेपालका मधेस प्रदेश सचिव सलाउदीन अहमद, नेता बालकिशोर यादव , शिक्षक फोरमका बृज मोहन तिवारी, जिल्ला समन्वय समिति पर्साका सभापति नेक महम्मद अन्सारी, विधार्थी नेता दिपक यादव लगायतको पनि उपस्थिती रहेको थियो ।