मधेस अधिकार विरोधीलाई जवाफ दिने उपयुक्त बेला यही हो-हरिनारायण रौनियार

63
वीरगन्ज, १७ मंसिर – पर्सा निर्वाचन क्षेत्र नम्बर ३ को पोखरियाको सेमरबारी र बर्बामा मेधसी गठबन्धनका उम्मेदवाहरुको घरदैलो तथा चुनावी प्रचारप्रसार सम्पन्न भएको छ । आइतबार भएको घरदैलो कार्यक्रममा सो क्षेत्रबाट प्रतिनिधिसमा सदस्यमा संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालका संयुक्त उम्मेदवार हरिनारायण रौनियारले मधेसी गठबनधनको जीतले मात्र मधेसको अधिकार र विकासको उद्देश्य पूरा हुने बताए ।
रौनियारले यो चुनावमा मधेसवादी गठबन्धनका उम्मेदवारहरुलाई अत्याधिक बहुमतले जिताउन मधेसका मतदातालाई आग्रहसमेत गरे । मधेसको अधिकार र विकास विरोधीहरुलाई आफ्नो मतमार्फत जवाफ दिने उचित समय आइपुगेको भन्दै मधेसवादीको जीत अपरिहार्य भएको उल्लेख गरे ।
कार्यक्रममा प्रदेशसभा सदस्यका उम्मेदवार प्रह्लाद गिरी, पोखरिया नगरपालिकाका उपप्रमुख सलमा खातुन, फोरमका नेताहरु गोबद्र्धन यादव, बद्री चौरसियालगायतको सहभागिता थियो ।