सांसद प्रदिप यादवले संसदमा भने–आत्म समर्पण गरेका छैनौ,संविधान सशोधनका निम्ति सरकारमा

143

वीरगंज,४ असोज
संघीय समाजवादी फोरम नेपालका सांसद प्रदिप यादवले फोरम नेपाल ओली जीको झोलीमा नगई मधेसी जनताको फाइदाको लागि सरकारमा गएको बताएका छन् ।

व्यवस्थापिका संसदमा आज बोल्दै सांसद यादवले आफुहरु सरकारमा गएको अवस्थामा धेरै ठाउमा हामीलाई बदनामी गर्न खोजिएको कुरा अपुरो कुरा भएको चर्चा गर्दै ओलीजीको झोलीमा नगइृ संविधान सशोधन गराई त्रुटिपूर्ण समिधानलाई सच्याउन सरकारमा गएको जिकिर गरे । उनले सदैव मधेसी जनतासंग अन्याय हुदै आएको र अब संविधान सशोधन नगरी नेपाली नागरिकको दर्जा दिइएन तथा कमजोर पार्न खोजियो भने समग्र नेपाल नै कमजोर हुने चेतावनी दिए ।‘हामी सीमामा बस्छौ,यदि सरकारले मधेसी जनतालाई कमजोर पार्यो भने देश नै कमजोर हुनेछ,यो कुराको हेक्का राखौ र संविधान जसरी पनि संशोधन गरौं,’उनले भने ।
‘पार्टी ओलीजीको झोलीमा गयो,यसरी बदनाम गरिदैछ,’सांसद यादवले भने,‘संविधान सशोधनका निम्ति आएका हौं,संविधान संशोधन हुनु पर्छ,मधेसी जनताको भावना नसमेट्ने सविधान कच्चा संविधान हो,यसलाई पक्का बनाउनु पर्छ ।’उनले आफनो भाषणमा थपे,‘हामी आत्म समर्पण गरेका छैनौ,सरकारसंग मिलेर संविधान सशोधन गरी मधेसी जनताको हक अधिकार सुनिश्चित गर्न आएको बुझिनु पर्छ ।’