आज:  | Thu, 12, Dec, 2019

अब विकसित मधेशसंगै शिक्षित मधेशका लागि पनि लाग्नुपर्ने समय आएको छ …..सांसद प्रदीप यादव

बिरगंज सिटी २२ भाद्र २०७५, शुक्रबार ११:४०मा प्रकाशित (१ साल अघि) २२०८ पाठक संख्या

वीरगंजमा रहेको पिरामीड एकेडेमीले आज स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । पर्सा क्षेत्र नम्बर १ का सांसद एवं कार्यक्रमका प्रमुख अथिती प्रदीप यादवको प्रमुख आथित्यतामा वीरगंजको भिशवा होटलमा आयोजना गरीएको स्वागत तथा सम्मान कार्यक्रममा कक्षा ११ मा नयाँ भर्ना भएका विधाथीहरुलाई स्वागत गरीएको थियो । साथै एकेडेमीका मेहेनती तथा जेहेन्दार विधार्थीहरुलाई कार्यक्रमका प्रमुख अथिती सांसद प्रदीप यादवले सम्मान समेत गर्नुभएको थियो । कार्यक्रममा पिरामीड एकेडेमीबाटै जिल्ला उतीर्ण गर्नुभएकी अन्नु गुप्ता र देशभरीबाट मात्रै दस जनाको नाम निस्किने एरोसफ्ट ईन्जीनीयरीङ्गमा पुलचोक ईन्जीनीयरीङ्ग कलेजबाट नाम निकाल्न सफल पिरामीड एकेडेमीका मंदीप साहका अभिभावकलाई समेत सम्मानित गरीएको हो ।

दिप प्रज्वलित गर्दै कार्यक्रमको उद्घाटन गर्नुभएका सांसद प्रदीप यादवले विधार्थीहरुलाई शुभकामना दिदैँ शिक्षामा मधेशमा भईरहेको विकास देखेर खुशी लागेको बताउनुभयो । मधेशी समुदायका विधार्थीहरु पहिलेको भन्दा धेरै ,शिक्षामा अव्वल हुन थालेको र सफल भएको प्रती खुशी व्यतm गर्दै उहाँले अब यही हौसलाका साथ विकसित मधेश संगै शिक्षित मधेशका लागि पनि लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,”मधेस पुलिस र मधेस लोक सेवाको लागि हामीले निरन्तर दवाव दिरहेका छौँ र अधिकारको लड़ाई तब मात्रै पुरा हुन्छ जब सरकारी तर्फ मधेसी छात्र छात्राहरुको संख्या बढाउन सकिन्छ” । एकेडेमीका डाईरेक्टर विजय यादवको अधयक्षतामा भएको कार्यक्रममा बिशिष्ठ अतिथी डा.दिपक शाक्य , डा. रवीन्द्र सिंह , एकेडेमीका प्रन्सीपल संजय कुमार सिँह , एकेडेमीका दुई सय भन्दा धेरै विधार्थीहरु लगायतको उपस्थिती रहेको थियो ।