नेपाल -भारत सिमामा तार–वार लगाएर मधेसीलाई गुलाम बनाउन खोजे आन्दोलन गर्ने सांसद -प्रदीप यादवको चेतावनी

1712
मुजफ्फरपुर,असोज २१
नेपालमा चीनीया गतिविधि बढेको भन्दै भारतीय बुद्धिजिविहरुद्धारा चिंता व्यक्त गरिएको छ । बिहारको मुजफ्फरपुरमा आयोजित ‘भारतीय सुरक्षाको परिपेक्ष्यमा नेपाल–भारत संबन्ध’ बिषयक गोष्ठीमा सहभागी राजनैतिक तथा बुद्धिजिविहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन । मुजफ्फरपुर विश्वविद्यालयको सभाकक्षमा राष्ट्रिय सुरक्षा जागरण मंचले आइतवार साझ आयोजना गरेको उक्त गोष्ठीका सहभागी  विश्वविद्यालयका प्रध्यापकहरुले नेपालमा चीनीया गतिविधी गुणात्मक रुपमा बढदै गएकोले  नेपाल–भारत बिचको खुला सिमा र सम्बन्धमा ठुलो खलल उत्पन्न हुने उनीहरुको निश्कर्ष  थियो ।
गोष्ठीका प्रमुख अतिथी राष्ट्रीय सुरक्षा जागरण मंचका केन्द्रिय अध्यक्ष इन्द्रेश कुमारले चीनीयाहरु ‘ भारतले नेपाललाई हडप्न खोजेको ’ भन्दै नेपाली माझ भ्रमसिर्जना गरेको बताउदै यसलाई  अभियानकै रुपमा खन्डन गर्न आवश्यक रहेको बताएका छन् । चिनीयाहरुको यो दुशप्रचारलाई नेपाल भारतका युवा,विद्यार्थी,वुद्धिजिवि तथा राजनैतिक नेताहरुका बिच विभिन्न गोष्ठी र सेमिनारको माध्यमले चिर्न आवश्यकता रहेको उनेको भनाइ थियो । राष्ट्रिय स्वयम सेवक संघका प्रचारक तथा कट्टरहिन्दुवादी नेताका रुपमा समेत चिन्हिएका कुमारले नेपाल र भारतको बिच रोटी–बेटी मात्रै नभई सदियौ देखिको  धार्मिक समानतामा आधारित ऐतिहासिक र सांस्कृतिक सम्बन्ध रहेको स्मरण गराउदै   नेपालको स्वाधिन्ता तथा राष्ट्रियता प्रति भारत जहिले पनि मित्रवत धारणा राख्दै आएको  बताएका थिए ।उनले चिनीया एजेन्टहरुले दुबै देश बिच फैलाइरहेको गलत भावनालाई  निस्तेज पार्न अभियानकै रुपमा दुबै  सरकार र सिमाका जनताहरु लाग्न  आवश्यक रहेको बताए ।
          कार्यक्रममा बोल्दै संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष एवम सांसद प्रदिप यादवले नेपाल भारत बिच गठन भएको प्रबुद्ध समितिको मधेस प्रति धारणा गलत भएको बताए । सासंद यावदले मधेसीलाई गुलाम बनाउन सिमामा तारबारको कुरा गरिएको बताउदै मधेसका जनताले त्यसको खुलेर प्रतिवाद गर्ने बताए । उनले प्रबुद्ध समितिले  सिमाका जनताको भावना विपरित कुनैपनि प्रकारको बन्देज लगाउन खोजे आफुहरुले खुलेर त्यसको विरोधमा आन्दोलन  गर्ने चेतावनी समेत दिएका थिए ।
   गोष्ठीमा नेपालका तर्फबाट सहभागी पुर्वमन्त्री एवम नेपाल कम्युनिष्ट पार्टीका मधेसी सांसद रामेश्वर राय यादवले नेपाल भारतको सम्बन्धलाई कुनैपनि शक्तिले कमजोर गर्ननसक्ने दाबी गरे । नेता यादवले दुबै देशका सरकार बिच समय समयमा केहि आशंकाहरु उत्पन्न भएपनि  जन–जन बिचको प्रगाढतालाई कुनै पनि बाह्यशक्तिले तोडन नसक्ने बताए ।उनले नेपालमा चीनीया गतिविधि बढदै गएकोले त्यसको असर खुला सिमामा पर्नसक्ने सम्भावना बढेकोमा चिन्ता व्यक्त गरेका थिए । उनले नेपालबाट  प्रत्येक दिन विभिन्न वहानामा नेपाली टोली चिनको भ्रमणमा जानेक्रम बढेको  बताउदै त्यसले नेपालमा चीनीया सक्रियतालाई प्रमाणित गरेको  स्वीकार गरेका थिए । सांसद यादवले दुबै देशबिच सदियौ देखि संसादमै अनौठो सिमाको  रुपमा रहको खुला सिमालाइ देखाएर  केहि बुद्धिजिविहरुले आफ्नो रोटी सेक्ने काम गरेको बताए ।  खुला सिमालाई देखाएर समय समयमा  सुरक्षा  खतराको भुत उतपन्न गर्ने नेपालमा चलन जस्तै बनेपनि दुबै देश बिच रहेको प्रगाढ मित्रवत सम्बन्धलाई कुनै तार –वारले रोक्न नसक्ने नेता यादवको भनाइ दाबी समेत रहको थियो ।
गोष्ठीमा भारत,मुजफ्फरपुरका सांसद अजय निषाद,सिवानका सांसद जनकराम जी,मुजफ्फरपुर विश्वविद्यालयका डा अमरेन्द्र नारायण यादव,प्रध्यापक सुरेन्द्र कुमार लगायतका वक्ताहरुले दुबै देश बिचरहेको प्रगाढ सम्बन्धको बारेमा आफना धारणा व्यक्तगर्दै यस्ता कार्यक्रम तथा गोष्ठीहरुलाइ निरन्तर्ता दिइराख्ने बच्चनबद्र्धता व्यक्त गरेका  थिए ।