सांसद प्रदिप यादवद्वारा पर्सा क्षेत्र नम्बर १ को पुल तथा छठघाटको स्थलगत अवलोकन

113

कार्तिक ८ , २०७५
वीरगंज ।संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष तथा पर्साको निर्वाचन क्षेत्र नं. १ का सांसद प्रदिप यादवले गन्डक नहरको बाटेमा पर्ने जगरनाथपुर पुलको अवस्थाको बारेमा स्थलगत अवलोकन गर्नुभएको छ । पुलको अवस्था निरीक्षण तथा अवलोकन गर्दा पुलको अवस्था एकदमै नाजुक र जिर्ण रहेको सांसद यादवले वताउनुभयो । सांसद यादवले आफनो क्षेत्रमा पर्ने बाटोघाटो तथा पुलहरुको निरीक्षण गरी मर्मत सम्भारको पहल गरेर चाडै नै काम शुरु समेत गराउने प्रतिवद्घता जनाउनुभयो । निरीक्षण भ्रमणमा प्रदेशसभा सदस्य जन्नत अंसारी वडाध्यक्ष ग्यासुदिन मियाँ लगायतको सहभागिता रहेको थियो । यस्तै सांसद यादवले सिर्सिया नदिको छेउमा रहेको जगरनाथपुर गाउँको छठघाट समेत अवलोकन गर्नुभएको छ । सिर्सिया नदिको फोहर र दुर्गन्धित पानीको अवस्था हेर्दा छठ पुजा मनाउन नसकिने अवुथामा रहेकोले सिर्सिया नदिको अवस्था सुधारको लागि उधोग संचालकहरुलाई तत्कालै बोलाई फोहर पानी रोक्न र प्रदुषण नियन्त्रणका लागि पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेललाई निर्देशन समेत दिएको सासंद यादवले जानकारी गराउनुभयो । स्थानिय प्रशासनसंगै हिन्दुहरुको महान पर्व छठ सिर्सिया नदिका वरपरका दर्जन भन्दा बढी गाउँका समस्या समाधानका लागि सम्बन्धित सबैले सहयोग गर्न सांसद यादवले आग्रह समेत गर्नुभयो ।