सासंद प्रदिप यादवद्वारा कुशती प्रतीयोगीताको उद्घाटन

574

वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवामा आज सांसद प्रदीप यादवले कुशती प्रतीयोगीताको उदुघाटन गर्नुभएको छ ।

बीरगज महानगरपालिका वडा नम्बर १६ मा रहेको श्री बौद्धी माई बिकाश समिती नगवाँ पर्साले आजदेखी आयोजना गरेको कुश्ती प्रतीयोगीताको उद्घाटन पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले गर्नुभएको हो ।

उहाँले तराई मधेशको शानको रुपमा रहेको कुश्ती प्रतीयोगीता लोप हुँदै गएको अवस्थामा यसको संरक्षण स्वरुप यस्ता प्रतीयोगीताको आयोजना हुनु सराहनीय काम रहेको बताउनुभयो । प्रतीयोगीतामा नेपाल र भारतका चर्चित पहलवानहरूले भाग लिएका छन् ।