आज:  | Wed, 12, Aug, 2020

नेपाललाई ‘स्मार्ट सिटी’ बनाउनुभन्दा पहिला सिर्सिया बासीको लागी ‘स्मार्ट गाउँ’ त बनाउ सरकार : सांसद यादव

बिरगंज सिटी २६ पुष २०७६, शनिबार ०९:०४मा प्रकाशित (७ महिना अघि) १५३१० पाठक संख्या

बलिराम यादव पौष २५ वीरगंज/  समाजवादी पार्टी नेपालका सांसद प्रदिप यादवले आईसीपीमा लाग्ने सिर्सिया बासीको जमिनको उचित मुआब्जा दिन सरकारसंग मांग गरेका हुन । वीरगंज उधोग बाणिज्यसंघको ४४ औं वार्षिक साधारण सभामा बोल्दै उनले नेपाललाई ‘‘समार्ट सिटी’’ बनउनु भन्दा पहिला सिर्सिया बासीको लागी एउटा ‘‘स्मार्ट गाउँ’’ बनाई दिन सरकारलाई सुझाएका हुन । सिरिसया बासीको जमिनको मुआब्जा सरकारले हचुवाको तालमा गरेको भन्दै उचित मुआब्जा दिई उचित वासस्थानको व्यवस्थापन गर्न पनि अर्थमन्त्री डा. युवराज खतिवडासंग मांग गरेका छन् ।

कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका सांसद यादवले उधोग र उधोगीको विकास हुने निती ल्याउन सरकारसंग मांग गरेका हुन । उनले  बारा, पर्साको औधोगिक करिडोरको नयाँ निर्माणको लागी चिनीमिल कारखानामा भएको जग्गालाई सदुपयोग गर्न सरकारलाई ध्यानाकर्षण गराए ।

चिनीमिलमा भएको ८ सय विग्हा मध्येको ६ सय विग्हा जग्गालाई उधोगमा सदुपयोग गरी बारा, पर्सालाई आधुनिक औधोगिक करिडोरको रुपमा विकास गर्न सरकारको ध्यानाकर्षण गराएका हुन ।  वीरगंजको उधोगलाई सुकाउने र भौरहवाको उधोगलाई बढाउने जस्ता सोच सरकारले नराखी वीरगंजको उधोग व्यवसायलाई फस्टाउन चिनीमिल कारखानामा भएको जग्गालाई सदुपयोग गरी मुलुकलाई विकास र निकासको बाटोमा लैजान सरकारलाई आग्रह गरेका हुन ।
सरकारको नियमपूर्वक व्यवसाय गर्ने मरिच र सुपारीको व्यापारीलाई तस्करको नाममा अपमान र फसाउने कारणले पनि धेरै उधोग र उधोगी प्लायन हुदै गएको सांसद यादवको भनाई छ ।

‘‘ भन्सारबाट राजस्व तिरेर व्यापार गर्ने व्यापारीहरुलाई पनि कर्मचारीले अनावश्यक रुपमा दुःख दिने गरेका हुन्छ । जुन देशमा उधोग र व्यापारी बर्बाद हुन्छ त्यहाँको देश नै वर्बाद हुने हुँदा उधोगीको संरक्षण र सम्मानको लागी अनावश्यक रुपमा दुःख दिने कर्मचारीलाई कारवाही गर्ने निती सरकारले ल्याउनु पर्छ । उनले भने’’

‘‘बैंकमा लिने ऋणमा समेत रिनवलको नाममा मुख हेरी हेरी साना उधोगी तथा आम जनतालाई ठग्ने गरेकोले त्यस्ता बैंकलाई सरकारले कारवाही गर्न चुक्नु हुदैन । उनले भने’’

समाजवादी पार्टीका युवा तथा जुझारु नेता समेत रहेका सांसद यादवले देशको राजधानी काठमन्डौं हो भने उद्योगको राजधानी वीरगंजलाई घोषणा गर्ने मांग समेत गरेका छन् ।

त्यस्तै सांसद यादवले हुलाकी राजमार्गको काम अहिले भने कछुवाको गतिमा भईरहेको र पहिलादेखि नै यसको निर्माणको कार्य सम्पनन हुने कार्य कुरामा मात्रै सिमित रहेको बताए । उनले हुलाकी राजमार्ग मधेशको दिलको टुक्रा भएकोले चाँडै नै त्यसको कार्य सम्पन्न गराउन सरकारलाई ध्यानाकर्षण गराए थिए । उनले  राजमार्गसंगसंगै फास्ट ट्रयाकको कामलाई पनि गति दिन सरकारलाई घच्घच्याएका छन् ।
त्यसतै वीरगंजको ड्राईपोर्ट देशलाई धान्न पर्याप्त नभएकोले वीरगंजमा नयाँ ड्राईपोर्ट निर्माणको लागी बजेट छुट्याउन अर्थ मन्त्री युवराज खतिवडासंग मांग गरेका हुन ।

सपाका प्रभावशाली युवा नेता समेत रहेका सांसद यादवले निजगढमा बन्न लागेको विमानस्थल प्रदेश नम्बर २ भएको हुनाले त्यसलाई बन्न नदिन विभिन्न खेल भईरहेको आरोप लगाउँदै कुनै पनि बाहानामा बन्न लागेको निजगढ विमानको कार्य रोक्नु भएन । उने भने, यदि रोकिने प्रयास भयो भने प्रदेश नं. २ को सबै जनता सडकमा आई संघर्ष गर्न तयार रहेको सरकारलाई चेतावनी समेत दिएका छन् ।
कार्यक्रम अन्तर्गत जुडो स्वर्ण, कोच, कुस्ती, क्रिकेट लगायतका खेलाडीलाई सम्मन सहित प्रशंसा पत्र पनि दिईएको थियो ।
वीरगंजस्थित होटल भिस्वामा आयोजित कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडा उधोग बाणिज्य संघ प्रदेश २ को उपाध्यक्ष किशोर प्रधान , प्रदेश सांसद ओमप्रकाश शर्मा, वीउवसघको अध्यक्ष गोपाल केडिया, वरिष्ट उपाध्यक्ष सुबोध गुप्ता लगायत सयौं उधोगी व्यवसायीहरुको उपस्तिथि रहेको थियो ।