आज:  | Mon, 10, Aug, 2020

वीरगंजको छपकैयामा निःशुल्क तेक्वान्दो प्रशिक्षण सुरु

बिरगंज सिटी २७ पुष २०७६, आईतवार १२:०८मा प्रकाशित (७ महिना अघि) ६७६३ पाठक संख्या

पौष २७ वीरगंज/  न्यु गोल्डेन अपरचुनिटीज छपकैयाद्धारा निःशुल्क तेक्वान्दो प्रशिक्षण कार्यक्रम सुभारम्भ भएको छ । वीरगंजको छपकैया पोखरीको परिसमा एक कार्यक्रमको बिच सुभारम्भ गरिएको छ ।

छपकैया तेक्वान्दो डोजाङ्गको सहयोगमा भएको कार्यक्रमको उद्घाटन नेपाल पत्रकार महासंघ पर्साका सचिव युवराज खड्काले गरेका हुन ।
उद्घाटन सत्रमा बोल्दै खडकाले खेलाडिहरु समाज र राष्ट्रका निधि भएकोले खेलकुदको विकास र सम्बद्र्धनको लागि स्थानिय सरकार एवं सामाजिक संघ संस्थाहरुले समेत सहयोग पु¥याउनु पर्नेमा जोड दिएका थिए ।

तेक्वान्दो खेलले मानिसलाई स्वस्थ्य र तन्दुरुस्त बनाउने भएकोले आधुनिक खेलको रुपमा चिनिने यस खेलको संरक्षण र विकासको लागि क्लबले वडा सरकार र नगर सरकारसँग समेत बजेट एवं खेलकुदको व्यवस्थापनको लागि दबाव दिनु पर्नेमा कुरामा जोड दिदै उनले खेलाडिहरुलाई शुभकामना पनि दिएका थिए ।

न्यु गोल्डेन अपरचुनिटीज छपकैयाका अध्यक्ष शेख मुनाको सभापतित्वमा भएको कार्यक्रममा खेलाडिहरुलाई प्रमुख अतिथि समेत रहेका युवराज खडकाले परिचयपत्र पनि प्रदान गरेका थिए ।

आयोजक संस्थाले वीरगंज महानगरपालिका वडा नं. १,२,३ र ४ का करिब १ सय जना युवा तथा बालिबालिकाहरुलाई निःशुल्क तेक्वान्दो प्रशिक्षण दिईने प्रशिक्षक मंसुर महम्मद मियाले बताए ।

कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी नायब निरिक्षक प्रेम बहादुर खत्री, समाजसेवी जफार अंसारी, वडा नं. २ का कार्यवाहक अध्यक्ष खलिल अंसारी, महिला नेतृ मालती कुशवाहा, मुस्तुफा अंसारी, छपकैया दोजाङ्ग अध्यक्ष मंसुर महम्मद मिया, विश्व हिन्दू परिषद् पर्साका अध्यक्ष रणधिर कुशवाहा, ईमामुदिन अहमद लगायतका लगायतको उपस्थिति रहेको थियो ।