आज:  | Wed, 01, Apr, 2020

पर्यटकीय गन्तव्‍य सिगार्न जुटे बाराका युवा

बिरगंज सिटी २७ पुष २०७६, आईतवार २३:४९मा प्रकाशित (२ महिना अघि) १८४९ पाठक संख्या

पौष २७  बारा / सरकारले सन् २०२० लाई नेपाल भ्रमण घोषणा गरेपछि बाराका विभिन्न स्थानमा पर्यटकीय गतिविधि बढेको छ। यहाँका युवा पर्यटकीय गन्तव्यको प्रचार प्रसार गर्न र सरसफाइमा जुटेका छन्।

जिल्लाको निजगढ नगरपालिका ४ स्थित गणेशमान पार्क ९मोहोरी० मा युवाले सरसफाई मात्र गरेनन्, त्यहाँ पुगेका आन्तरिक पर्यटकलाई फूल र खादा लगाएर स्वागत समेत गरे। निजगढका युवाको समूह फ्रेण्ड्स सर्कल अफ निजगढ ९एफसिएन० ले आयोजना भएको कार्यक्रममा जनप्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मीदेखि सरोकारवाला समेत सहभागी थिए।

निजगढ नगरपालिका ४ का अध्यक्ष जयराम कुमरले पर्यटकीय गन्तब्यको प्रचार प्रसार गर्न आवश्यक रहेकाले बताए। उनले पर्यटकीय क्षेत्रको विकासका लागि युवाको भूमिका पनि महत्वपूर्ण हुने बताए। नेपाल भ्रमण वर्ष २०२० प्रदेश २ जिल्ला समन्वय समितिका सदस्य महेश्वर अधिकारीले पर्यटन प्रवर्द्धनका लागि युवाको सक्रियता महत्वपूर्ण भएको बताए।

क्लबका अध्यक्ष अनिष पोखरेलले नेपाल भ्रमण वर्ष सफल पार्न क्लबले पर्यटकीय क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए। उनले पर्यटकीय क्षेत्रमा सरसफाई र भौतिक पूर्वाधार विकासमा ध्यान दिन स्थानीय सरकारसँग आग्रह समेत गरे।

कार्यक्रममा सशस्त्र प्रहरी बल निजगढ बेस क्याम्पका प्रमुख प्रहरी नायव उपरीक्षक मनहरी कुइँकेल, प्रहरी नायव निरीक्षक नन्दकिशोर सिंह, शहीद हिरालाल पार्क समितिका अध्यक्ष रमेश अर्याल, पुरानो टोल विकास संस्था रुद्रनाथ तिमल्सिना, शहीद हिरालाल टोल विकास संस्थाका अध्यक्ष विसन सापकोटा, शान्ति टोल विकास संस्था अध्यक्ष सन्तोष ज्ञवाली, बाघभैरब युवा क्लबका सचिव रामबहादुर खड्का, न्यु जनजागृति युवा क्लबका अध्यक्ष साजन ढुंगाना, एफसिएन क्लबका सल्लाहकार इराज कोइरालालगायतको उपस्थिति रहेको थियो।

सरसफाइमा इलाका प्रहरी कार्यालय निजगढ र अस्थाई प्रहरी चौकीको ७ जना, सडक निर्माण कार्यदल बागदेव बेस क्याम्प १७ जना, सशस्त्र प्रहरी बल अस्थायी सुरक्षा बेस क्याम्प लालको १० जना सहभागी थिए।–थाहाखबर