आज:  | Wed, 12, Aug, 2020

बाराको सीमाबाट ९ सय ६६ थान प्रतिबन्धित लागु औषध बरामद

बिरगंज सिटी २८ पुष २०७६, सोमबार ००:१७मा प्रकाशित (७ महिना अघि) २८५७ पाठक संख्या

पौष २७ वीरगंज/ बाराको सीमावर्ती क्षेत्रबाट ९ सय ६६ थान प्रतिबन्धित लागु औषध बरामद गरिएको छ ।

बाराको सिम्रौनगढ नगरपालिका ७ झवानीबाट अस्थायी प्रहरी पोष्ट पथलवाघाट खटिएको प्रहरी गस्ती टोलीले सो लागुऔषध बरामद गरेको हो ।

भारतबाट नेपालतर्फ  झोलामा बोकेर आउँदै गरेको अवस्थामा नोर्फिन दुई सय ९० थान, फेर्नगन तीन सय ८१ थान र डाइजफम दुई सय ९५ थान बरामद् गरेको हो । लागुऔषध तस्कर पुरुष प्रहरीलाई देखेर हातमा बोकेको झोला छाडेर फरार भएका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । फरार व्यक्तिको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।