आज:  | Sat, 25, Jan, 2020

तोरी खेतीको हब बन्दै ठोरी, गँहु बालीको बिकल्पसंगै मनग्य आम्दनीको स्रोत पनि तोरी खेती

बिरगंज सिटी २८ पुष २०७६, सोमबार १६:२५मा प्रकाशित (१ हफ्ता अघि) १४०८ पाठक संख्या

बलिराम यादव पौष २८ वीरगंज/  पर्साकोे सुदूर पश्चिम ठोरी गाउँ तोरी खेतीको हब बन्ने भएको छ । तोरी खेतीलाई नगदेबालीको विकल्पको रुपमा पर्साको ठोरी गाउँपालिकाका अधिकांश किसान तोरी खेती गर्न थालेपछि यो क्षेत्र तोरी खेतीको  हबको रुपमा आउने निश्चित भएको छ ।

जंगली जनावरले नखाने, नष्ट पनि नगर्ने र सिँचाई नचाहिने भएपछि ठोरी गाउँपालिकाका अधिकांश किसानले तोरी खेतीलाई विकल्पको खेतीका रूपमा लगाउन थालेका हुन् । अहिले यहाँ तोरीको फूल फुलेर सिंगो गाउनै पहेंलपुर भएको छ ।

कम लगानी र एक पटक छरेपछि गोडमेल र सिंचाई पनि गर्नु नपर्ने भएकोले तोरी खेती नै गर्न आफूहरुलाई सहज र दरिलो नगदे बाली भएकोले तोरी खेतीलाई वैकल्पिक बालीका रूपमा खेती गरेको किसानहरूले बताएका छन् ।

समयमा बिक्रि हुने र मनग्ये पैसा पनि आउने भएकाले पछिल्लो केही वर्ष यता यो बाली नगदे बालीसमेत भएको उनीहरुको तर्क छ ।

पर्सा निकुञ्जबाट गाउँ पस्ने घोडगदा, हात्ती, बँदेल, चित्तलजस्ता जनावरले बालीनाली नष्ट पारेर हैरान बनाएपछि गहँु बालीको विकल्पका रूपमा तोरी खेती थालेको स्थानीय किसानहरुले बताएका छन् ।

अहिले प्रायः सबैको आकर्षण तोरी खेती तर्फ नै भईरहेको किसानले बताएका छन् ।उनीहरुले भने सिँचाइ सुविधा भएको ठाउँमा गहुँबारीभित्र लगाए पनि दुवै बाली हुने भएपछि यो बाली फस्टाउन थालेको छ ।

यो वर्ष गाउँको करिब १० सय बिघा खेतमा स्थानीयले तोरी खेती गरेको किसानहरु बताउँछन । उनीहरुले छिमेकी गाउँ तथा साबिकको निर्मलबस्ती गाविसका किसानले पनि केही वर्ष यता तोरी खेतीमा जोड दिन थालेको बताए ।
पर्याप्त मनसुनी बर्षा नभएको बर्ष किसानलाई धान र मकै बाली उब्जाउन समेत गा¥हो हुन्छ र आकाशे खेती गर्दा भदैया धान बाहेक अन्य धान पनि उब्जदैनन्। कतिपय किसानको खेत बाझै बस्न थालेको छ ।

बनजंगल, रुख बिरुवाको नजिक भएपनि बालौटे र चट्टानी भू–बनोटका कारण पानीको सतह अन्यन्त मुनी भएकोले किसानको आर्थिक अवस्तथाले भ्यान नसकेर पनि बोरिङ गरेर पानी तान्न सक्ने अवस्था छैन । जिल्ला कृषि विकास र नारायणी सिचाई डिभिजन कार्यालयको समेत यसतर्फ ध्यान पुुग्न नसकेको किसानले गुनासो गरेका छन् ।

पछिल्लो केही बर्ष यता तोरी खेती उत्साहजनक रुपमा बढेको कृषि ज्ञान केन्द्र कार्यालयले पनि जनाएको छ । सिचाईको समस्या र वन्यजन्तुले बालीनाली नष्ट गर्ने गरेकाले तोरी खेतीबाट नगदे बाली सरह आम्दानी दिने भएकाले किसानहरु यो खेती तर्फ आकर्षित भएको केन्द्रको पनि भनाई छ ।