आज:  | Sat, 25, Jan, 2020

प्रदेश २ मा राष्ट्रियसभा निर्वाचनको जीत पक्का : अध्यक्ष यादव

बिरगंज सिटी २८ पुष २०७६, सोमबार २०:१९मा प्रकाशित (१ हफ्ता अघि) ६१० पाठक संख्या

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादबले राजपा नेकपासँग चुनावी तालमेल अप्राकृतिक भएको टिप्पणी गरे । ‘नेकपासँग तालमेल गर्दा राजपामा असन्तुष्टि बढेको छ ’ उनले भने, धेरै नेता रुष्ट छन् ।‘केही नेताहरुले निहित स्वार्थका लागि अप्राकृतिक गठबन्धन गरेका छन्’ अध्यक्ष यादवले भने, संघीयता बिरोधीतत्वलाई प्रश्रय दिनु हुँदैन् । उनीहरुका उम्मेदवारले चुनावमा फसाएको भन्दै निराश बनेका छन् । तर हामी उत्साहित छौं । थोरै मेहनत गर्यौं भने हाम्रा चारै उम्मेदवारको जीत पक्का रहेको यादवले बताए ।
बर्दिबासको माइथानको आइतवार साँझ दुवै पार्टीले संयुक्त रुपमा राष्ट्रिय सभा निर्वाचनका मतदाताहरुसित गरेको अन्तरकृयामा नेताहरुले चारवटै सिट जित्ने दावी गरे । गोष्ठीमा काँग्रेस र समाजवादी पार्टीका नेताहरुले मतदाताहरु आफ्नो पक्षमा रहेकाले चुनाव सहजै जित्ने दावी गरे ।
कार्यक्रममा काँग्रेस उपसभापति विमलेन्द्र निधीले प्रदेश २ को राष्ट्रियसभा निर्वाचनमा राष्ट्रको मात्र नभएर अन्तराष्ट्रिय समुदायको पनि चासो रहेकाले चुनाव जित्नैपर्ने बताए । उनले सबै इमान्दारिता पुर्वक लागेमा चारै सिट जित्ने दावी गरे ।
प्रदेश २ को निर्वाचन जित्न विभिन्न रणनीति बनाउन र तालिम गोष्ठी गर्न समाजवादीको तर्फबाट प्रदेश २ का अध्यक्ष समेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री विजय यादब र काँग्रेसको तर्फबाट नेता आनन्द ढुंगानालाई जिम्मेवारी सुम्पेको छ । गोष्ठीमा प्रदेश २ का काँग्रेस र समाजवादी पार्टीका प्रदेश साँसद तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।