आज:  | Fri, 10, Jul, 2020

घरभाडा नै नतिरि नापी कार्यालय स¥यो : घरधनी

बिरगंज सिटी २८ पुष २०७६, सोमबार २१:२२मा प्रकाशित (५ महिना अघि) २६४७ पाठक संख्या

पौष २८ वीरगंज/ नापी कार्यालय पर्साले घरभाडा नै नतिरि सरेको घरधनीले गुनासो गरेका छन् ।
वीरगंज महानगरपालिका वडा नं. ४ विर्ता स्थित सिमा देवी पटेलको घरमा संचालन रहेको नापी कार्यालय पर्सा घरबहाल कर नै नतिरीकन अक्रो घरमा सरेको घरधनीले प्रेस बिज्ञपति मार्फत जानकारी गराएका हुन ।
२०७४ जेठदेखि नै नापी कार्यालय पर्साले कार्यालय संचालनको लागि विर्ता स्थित सिमाको दुई तल्ले घर भाडा लिएको थियो । भाडाको घरमा सञ्चालन हुदै आएको नापी कार्यालय गत मंसिर अन्तिम सातादेखि वीर्ताकै अर्को घरमा सरेको छ । नापी कार्यालय सरे पनि मेरो ३ महिनाको घर बहालका साथै विद्युत र पानीको महशुल समेत नतिरेको घरधनी सीमा पटेलका श्रीमान् श्यामबाबु पटेलले पत्रकार सम्मेलनमार्फत दुःखेसो पोखेका छन् ।
नापी कार्यालय संचालनका लागी मासिक ४५ हजार रुपैया भाडा दिने गरी ५ वर्षका लागि लिखित सहमती गरी घर भाडामा दिए पनि सम्झौता तोडेर गत मंसिर अन्तिम साता आफुलाई खबर नै नगरी घर खाली गरेर अर्कै घरमा कार्यालय सरेको घरधनी पटेलले बताएका छन् ।
३ महिनाको घर भाडा १ लाख ३५ हजार, बत्ती महशुलको १५ हजार र खानेपानीको महशुल ३५ हजार गरी १ लाख ८५ हजार रुपैयाँ नापी कार्यालयले अहिलेसम्म पनि नतिरेको  बताए । ।
घरबहाल दिने बेला गरिएको सहमतीपत्रमा घर खाली गर्नु परेमा घरको रंगरोगन र मर्मतसम्भार गरेर मात्रै खाली गर्ने सम्झौता भएता पनि नापी कार्यालयका प्रमुख सिंहले घरको मर्मत सम्भार र रंगरोगन नगरी अर्कै घरमा कार्यालय सारेको पटेलले बताए ।
‘‘बाँकी रहेको भाडाको भुक्तानी लिन कार्यालयका प्रमुख रामविनय सिंहलाई पटक पटक आग्रह गर्दा पनि कुनै सुनुवाई नगरेपछि आफुले जिल्ल प्रशासन कार्यालय पर्सामा उजुरी समेत दिएको थिए । उनले भने’’
यता नापी कार्यालयका प्रमुख राम विनय सिंहले भाडा वापतको रकम दिदा घरसाहु पटेलले लिन नमानेको पछि चेक काटेर जिल्ला प्रशासन कार्यालयमा पठाइदिएको बताएका छन् ।
घरभाडा ५ वर्षको लागी सम्झौता भएको थियो, तर घरलाई रंगरोपन गर्ने सहमति पत्रमा उल्लेख नभएको कारण रंगरोपन नगरिएको प्रमुख सिंहले बताए ।