आज:  | Sat, 25, Jan, 2020

डढुवा रोगको प्रकोपले किसान चिन्तित, भन्टा खेतीको पूरै बाली नष्ट

बिरगंज सिटी २९ पुष २०७६, मंगलवार १८:३२मा प्रकाशित (१ हफ्ता अघि) १७२३ पाठक संख्या

बलिराम यादव पौष २९ वीरगंज/  वर्षापछिको शीतलहरसंगै लामो समयसम्म भएको चिसो मौसमका कारण पर्साको बहुदरमाई नगरपालिकामा लगाईएको भन्टा खेतीमा डढुवाको सङ्क्रमण फैलिएर  पूरै  बाली नष्ट हुन थालेपछि किसान चिन्तित बनेका छन् ।

पर्साको बहुदरमाई नगरपालिका वडा नं. ९ बिश्रामपुरका सुरुज प्रसाद यादवले डढुवाको समस्याले भन्टा बाली नोक्सान पु¥याएको गुनासो गरे ।
‘‘३ कठ्ठामामा भन्टा खेती गरेको छु । तीन/चार पटक मात्र विक्री गर्न पाईएको छ । खेती गर्न लगाईएको लगानी जति आम्दनी पनि भएको छैन । केही दिन अगाडी आएको वर्षापछि लगातार चिसो बढ्ेको कारण रोग लागेर खेतको पूरै बाली नै नष्ट भएको छ । उनले भने’’

चिसो बढेसंगै भन्टा बालीमा गढुवा रोगको संक्रमण देखिन थालेपछि रोगलाई रोकथाम गर्न बुमटेड, नुरानी ५०५ नामक किराको औषधीसहित बिरुवालाई हरियो बनाउन र चिसोबाट जोगाउँने ३ किसिमको औषधी पनि छर्केको थिए । तर निरन्तरको शितलहरसंगै बढ्दै गरेको चिसोको कारण भन्टा बालीमा यी औषधीले कुनै असर देखाएन । खेती गर्न लगाईएको लगानीको त कुरै छोडै, पारिश्रमिकजतिको  मुनाफा पनि कमाउन नसकिएको यादवले दुखेसो पोखे ।

सुरुज यादव भन्टासंगसंगै ४ कठ्ठा काउँली खेती, २ कठ्ठा प्याजको बिउ, १ कठ्ठा मुला र १० कठ्ठा मकै खेती पनि गरेका छन । भन्टा बाहेकको खेतीमा मन्गय आम्दनी भईरहेको यादवले बताए । उनी वर्षेनी एक बिग्हा जमिनमा तरकारी खेती गर्छन । अहिले लगाएका सबै तरकारी बालीमा राम्रो आम्दनी गर्न भ्याए पनि डढुवा रोगको कारण  भन्टा  खेती नष्ट भएर उनलाई नोक्सान पु¥याएको छ ।

यता कृषि ज्ञान केन्द्र पर्साका बाली संरक्षक अधिकृत समशुल हकले प्रायः किसान कृषि ज्ञान केन्द्रमा जानकारी लिन नआई बिज भण्डारबाट नै औषधी गर्छन, जहाँ बिज भण्डारले किरा मार्ने र माईक्रोन्यूट्रेन्स औषधी दिने गर्छ ।

माईक्रोन्यूट्रेन्सले बिरुवामा रोग लागेको बेला झन बिरुवालाई नरम बनाउने गर्छ । त्यसकारण किसानले औषधी छर्दा बिरुवामा लागेको डढुवा रोग नियन्त्रण हुुन नसकेको बताए ।

म अहिले पर्सा जिल्लामा नयाँ आएको हुनाले फिल्डमा पनि हामी नघुमेको र किसान पनि यस सम्बन्धी गुनासो लिएर हामी कहाँ नआएकोले समन्वयको कमीले गर्दा पनि यो प्रकोपबाट किसान प्रभावित भएको उनले बताए ।

मुख्यतः किसानले कुन औषधी कसरी र कुन समयमा छिर्ने भन्ने बारे जानकारी नलिईकनै जस्तो सुकै औषधी प्रयोग गरेकोले किसानको बाली र लगानी दुबै खेर गएर किसान दोहोरो मारमा पर्ने गरेको उनको भनाई छ ।