आज:  | Sat, 25, Jan, 2020

धनुषमा कलेज बसको ठक्करले २ को मृत्यू, आक्रोसित स्थानीयद्वारा बसमा आगजनी

बिरगंज सिटी २९ पुष २०७६, मंगलवार १९:१६मा प्रकाशित (१ हफ्ता अघि) ८६२ पाठक संख्या

पौष २९ जनकपुर/  ढल्केबर सडक खण्डमा मोडेल मल्टिपल कलेजको बसले एक मोटरसाइकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको छ ।

ढल्केबारबाट जनकपुर आउदै गरेको लक्ष्मीनिया र सपहीको बीचमा ज १ क २८२ नम्बरको कलेजको बसले ज. १० प. ३५३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा घटना स्थलमै दुबै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यू भएपछि आक्रोसित स्थानीयले बसमा आगजनी गरेका छन् ।

ठक्करबाट लक्ष्मीनिया गाउँपालिका ७ का सन्तोस ठाकुर र क्षिरेश्वरनाथ नगरपालिकाका अनवर राईको मृत्यू भएको प्रहरीले जनाएको छ ।-तस्वीर :सौजन्य