आज:  | Wed, 12, Aug, 2020

माघे संक्रान्तिका दिन पनि गढीमाईमा दर्शनार्थीको घूँईचो, आज पनि हजारौ संख्यामा बोकाको बली

बिरगंज सिटी १ माघ २०७६, बुधबार १९:२८मा प्रकाशित (७ महिना अघि) ४०७५ पाठक संख्या

माघ १ वीरगंज/ बाराको बरियारपुरस्थित गढीमाई मन्दिरमा माघे संक्रान्तिको दिन पनि दर्शनार्थीहरुको भीड बढेको छ । गढीमाईलाई भाकेको भाकल चढाउनको लागी मन्दिरमा बलि चढाउने र दर्शन गर्ने दर्शनार्थीहरुको घूँईचो लागेको छ ।

बाराको बरियारपुरमा प्रत्येक ५ वर्षमा लाग्ने गढीमेलामा लाखौं मानिसहरु एकै थलोमा भेला हुने मेला हो र आज माघे संक्रान्तिका दिन पनि गढीमाईको दर्शन गर्ने दर्शनार्थी र पूजापाठ तथा बलि चढाउने भक्तजनहरुको भीड लागेको छ ।

पञ्चवर्षीय मेला लाग्ने गढीमाई मन्दिरमा नेपाल तथा भारतको विभिन्न ठाउँबाट माघे संक्रान्तिको अवसरमा पनि बलि चढाउने तथा दर्शन गर्ने दर्शनार्थीहरुको भिड बढेको छ । मेलामा भाकल गरेको बलि चढाउन छुटेका हजारौको संख्यामा भक्तजनहरु आज दर्शन गर्न पुगेको छन् ।

बह्रम स्थानमा बली नचाढाई हजारौको संख्यामा आज माघीका दिन मन्दिरका मुल पुजारी मंगल चौधरीको घरमा चढाईदैछ ।  बलि चढाउने भीड बढेपछ कतिपय श्रद्धालुहरुले पसाहा नदीदेखी मन्दिरसम्मको सिमाभित्र बोकाको बली दिईरहेको गढीमाई मेला व्यवस्थापन समितिले जानकारी गराएको छ ।

माघे संक्रान्तिको दिन बली चढाउन नसकेपछि फागु पूर्णिमा बली दिई यसवर्षको बली चढाउने कार्य समाप्त हुने मन्दिरका पुजारी मंगल चौधरीको भनाई छ ।- फोटो : सौजन्य