आज:  | Sat, 25, Jan, 2020

भब्य रुपमा माघे संक्रान्ति मनाउँदै पर्साका थारु समुदाय

बिरगंज सिटी १ माघ २०७६, बुधबार २०:२८मा प्रकाशित (१ हफ्ता अघि) ११७७ पाठक संख्या

माघ १ वीरगंज/  वीरगंजमा माघे संक्रान्ति पर्व धुमधामका साथ मनाईएको छ । वीरगंजको स्वीमिङ्गपुलस्थित माघी पर्वलाई महोतस्वको रुपमा आयोजना गरी वीरगंज लगायत पर्साको ग्रामिण भेगका थारु, आदीबासी, जनजाती समुदायले माघी पर्व धुमधामका साथ मनाईरहेका छन् ।

थारु समुदायको परम्परा झल्काउँने घाटो, झम्टा, थारु गीत लगायतका संस्कृतिहरुसमेत महोतस्वमा प्रदर्शन गरी थारु समुदायको परम्परालाई जर्गेना गर्न किसिमको कार्यक्रमको तयारी गरिएको अयोजकले जानकारी गराएको छ ।

कार्यक्रममा थारु पहिरन, गीत, नाचगानको साथै थारु समूदायको परम्परागत खानाका परिकारहरु घोगीं, माछा, परेवा,हास,कुखुराको मासु, भुजा,तिल लड्डु,रामदाना जस्ता खानाको स्टलहरु पनि राखिएको जनाईएको छ ।