आज:  | Sat, 25, Jan, 2020

प्रदेश २ को सरकारद्वारा ३ महिना फ्रि इन्टरनेट सेवा

बिरगंज सिटी १ माघ २०७६, बुधबार २१:३४मा प्रकाशित (१ हफ्ता अघि) १२१९ पाठक संख्या

माघ १ जनकपुर / प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबू राउतको अभियान अन्तर्गत मधेशका बेटीहरुले ३ महिना फ्री ईन्टरनेट सेवा पाउने भएको छ ।

मुख्यमन्त्री राउतको ”बेटी पढाउ बेटी बचाउ” अभियान अन्तर्गत छोरी शिक्षा विमा गराउने बालिकाहरुले तीन महिनाको फ्रि इन्टरनेट सेवा पाउने भएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र सुबिसु केबल नेट प्राली बिच भएको सम्झौता अनुसार छोरी शिक्षा बिमा गराउने छोरीहरुले तीन महिनाको फ्रि इन्टरनेट सेवा प्राप्त गर्ने छन ।

प्रदेश २को सरकारले संचालन गरि रहेको ”बेटी पढाउ बेटी बचाउ” अभियानलाई सफल बनाउन सुविसु केबल नेट प्रालीले यो सेवा उपलब्ध गराएको सुविसुका आयोजना प्रमुख सुवास अधिकारीले जनाउनु भएको छ ।

प्रदेश सरकारको यो अभियानलाई सफल बनाउन विभिन्न सेवा प्रदायक संघ संस्थाहरुले सहयोग गर्दै आएका छन ।