आज:  | Sat, 25, Jan, 2020

“राष्ट्रिय एकता : योगको सान्दर्भिक्ता” मुल नाराका साथ वीरगंजमा योग शिविर सम्पन्न

बिरगंज सिटी २ माघ २०७६, बिहीबार ००:३९मा प्रकाशित (१ हफ्ता अघि) १००९ पाठक संख्या

माघ १ वीरगंज । “राष्ट्रिय एकता : योगको सान्दर्भिक्ता” मुल नाराका साथ स्वास्थ केन्द्र वीरगंजमा भएको  ३ दिने योग शिविर सम्पन्न भएको  छ ।  जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र वीरगंजद्वारा आयोजित  शिविर आज सम्पन्न भएको हो ।

नेपाल आयूर्वेद स्वास्थकर्मी समाज पर्साको सहकार्यमा पौष २८ गते देखि सुरु भएको ३ दिने योग शिवीर सम्पन्न भएको स्वास्थ्य केन्द्र वीरगंजका प्रशासन प्रमुख तथा वरिष्ठ कबिराज निरिक्षक नागेन्द्र पटेलले वताए ।

पर्साका निमित प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतको प्रमुख आतिथ्यतामा भएको शविरमा उप(अनुसन्धान निर्देशक कुमार खड्का, बारा जिल्लाका आयूर्वेद प्रमुख डा. शिवशंकर राय, पर्साका डाक्टर रमेश मिश्रा लगायत कार्यालयमा कर्यरत कर्मचारी, पतंजली पर्साका पदाधिकारी, व्यापारी लगायत सर्वसाधारणको सहभागिता रहेको थियो । शिविरमा भारतिय राजदुतावास वीरगंजका योग गुरु श्री पार्थ सारथी, कृष्ण ज्यूले योग प्रशिक्षण दिएका थिए भने सहयोगीमा धिरेन्द्र कुमार सिंह रहेका थिए ।

शिविर स्थल मै स्वास्थ्य केन्द्र वीरगंजको आयोजनामा रक्तदान कार्यक्रम समेत भएको थियो । सो कार्यक्रममा ९ जना पुरुषले रक्तदान गरेको रक्त संचार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डले वताए ।

रक्त संचार केन्द्रकी डिली माया श्रेष्ठ नेतृत्वको टोलीको प्राविधिक सहयोग रक्तदान कार्यक्रम भएको थियो ।