आज:  | Wed, 12, Aug, 2020

२२ औं भूकम्प सुरक्षा दिवस आज वीरगंजमा मनाईयो

बिरगंज सिटी २ माघ २०७६, बिहीबार १०:५७मा प्रकाशित (६ महिना अघि) २७५२ पाठक संख्या

माघ २ वीरगंज/ २२ औं भूकम्प सुरक्षा दिवस आज वीरगंजमा मनाईएको छ । शधन सहरी तथा भवन निर्माण आयोजना कार्यालय पर्साद्वारा आयोजित कार्यक्रममा विगतमा आएको डुलो भूकम्पबाट पाठ सिक्दै जोखिम न्यूनिकरण एंव पूर्व तयारी योजना बारे समाजका हरेक हत तप्तामा जानकारी गराउने आवश्यक रहेको बताईएको छ ।

ई.सम्बत १९९० को महाभूक्मपको स्मृतिमा माघ २ गतेलाई भूकम्प सुरक्षा दिवसको रुपमा मनाउने गरिन्छ ।

वीरगंजको घण्टाघरमा आयोजित कार्यक्रममा नेपाल तिवितियन प्लेट र भारतीय प्लेटको जोर्नीमाथि अवस्थित रहेकोले उक्त प्लेट एक अर्कोतिर धकेलिएर पृथ्वीभित्रको चट्टानमा चाप उत्पन्न हुने र चाप बढ्दै जादा पृथ्वी हल्न भई भूकम्प उत्पन्न हुने गरेको  बक्ताहरुले बताएका छन् । वहाँहरुको अनुसार हरेक १०० वर्षमा २ मिटरका दरले यी प्लेट एकअर्काेतिर धकेलिदा ठुलो महाभूकम्प हुनेगर्छ ।

नेपाल भूकम्पीये जोखिममा ११ औं स्थानमा पर्ने भएकोले सिपालु डर्कमी तालिम लिएको वा अनुभव भएको ईन्जिनियरको सर सल्लाह अनुसार बलियो संरचना भएको घर बनाउनु पर्ने कुरामा जोड दिईएको थियो ।

प्रमुख जिल्ला अधिकारी तथा बिपद् व्यवस्थापन समिति पर्साका अध्यक्ष ललित बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, नेरेसो पर्साका अध्यक्ष बिरेन्द्र कँडेल, वीउवासंघको वरिष्ट उपाध्यक्ष सुबोध गुप्ता लगायतले पनि  शुभकामना मन्तब्य गरेका थिए भने जिप्रकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भण्डारीले कार्यक्रम संचालन गरेका थिए ।