आज:  | Wed, 12, Aug, 2020

स्ववीयु चुनाव घोषणा : समाजवादी विधार्थी उत्साहित, ठाकुरराममा पुरै प्यानल नै बिजयी हुने एकाई अध्यक्ष साहको दाबी

बिरगंज सिटी २ माघ २०७६, बिहीबार १३:२९मा प्रकाशित (६ महिना अघि) २३१२२ पाठक संख्या

माघ २ वीरगज/  त्रिभुवन विश्वविद्यालयले सबै आंगिक क्याम्पसलाई स्वतन्त्र विश्वविद्यालय(स्ववियु) निर्वाचनको तयारी गर्न पत्राचार गरेपछि समाजवादी विधार्थी युनियन पर्साका विधार्थीहरु उत्साहित भएका छन् ।
त्रिभुवन विश्वविद्यालयको विद्यार्थी तथा खेलकुद निर्देशनालयले सोमबार पत्राचार गरी निर्वाचन तयारी थाल्न निर्देशन दिएपछि चुनावमा होमिन समाजावावी विधार्थी युनियन धेरै नै उत्साहित रहेको समाजवादी विधार्थी युनियन ठाकुर राम बहुमुखी क्यामपसका एकाई अध्यक्ष हरिन्द्र साहले बताए ।
लामो समयदेखि स्ववीयु सभापति विहिन रहेको ठाकुरराम क्यामपसमा विधार्थीहरु पठनपाठनको क्रममा धेरै नै दुःख, समस्या झेल्नु परेको बताउँदै क्यामपसको शैक्षिक स्तरलाई उकास्न समाजवादी युनियन बाहेकको विकल्प नगरहेको एकाई अध्यक्ष साहले दाबी गरे ।
समाजवादी पार्टी नेपालअन्तर्गतको भातृ संगठन समाजवादी विधार्थी युनियनले नै ठाकुर राम क्यामपसको विकासलाई सहि दिशातर्फ लगी विधार्थीहरुलाई मितिव्ययी वातावरणमा गुणस्थितय शिक्षा दिलाउन समाजवादी विधार्थी युनियन बाहेक अरु कसैले गर्न नसक्ने अध्यक्ष साहले फेरी पनि दाबी गरे ।
वीरगंज सिटीसंग कुरा गर्दै उनले ‘‘मधेशको गर्भबाट जन्मेको समाजवादी पार्टीले मधेश, मधेशी, दलित, मुस्लिम लगायत पहाड, हिमालमा रहेका दलित, आदीबासी, जनजाती जस्ता उत्पिडनमा परेका समुदायहरुको हक अधिकारको स्थानपना र मुलुकलाई दिगो विकासको बाटोतर्फ लैजाने बैकल्पिक शक्तिको रुपमा उदाएको पार्टी हो र ठाकुरराम क्यामपसका सबै बिधार्थी शिक्षित र चेतनशिल भएको हुनाले मधेशको गर्भबाट जन्मेको पार्टीको भातृ संगठन रहेको समाजावदी विधार्थी युनियनको पुरै टिमलाई नै जिताउँछन, हामी क्यामपस र विधार्थीहरुको प्रगतीको लागी अहोरात्र खटेर काम गरेको सबै विधार्थी अवगत नै छन । उनले भने’’
यही फाल्गुन १४ गतेदेखी ६१ आंगिकसहित करिब ८ सय सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुनेछ । २०७३ सालमा उपत्यकाका ९ र उपत्यकाबाहिरका १५ गरी २४ आंगिक क्याम्पसमा मतदान सम्पन्न गरेको छ ।
त्यसबेला त्रिविले पहिलो पटक २८ वर्ष उमेर हद कायम गरी निर्वाचन गरेको थियो । उमेर हदको विवाद भएपछि उपत्यकाका केही क्याम्पसमा निर्वाचन स्थगित भएको थियो । यो वर्षको निर्वाचनमा २८ वर्ष उमेर हद बनाएर निर्वाचन गर्नेछ ।