आज:  | Wed, 19, Feb, 2020

भारतमा बन्यो ६।५ किलोमिटरको संसारको सबैभन्दा लामो केक

बिरगंज सिटी २ माघ २०७६, बिहीबार २३:५०मा प्रकाशित (१ महिना अघि) १३०३ पाठक संख्या

माघ २ वीरगंज (एजेन्सी)/  भारतको केरलामा बुधबार भारतको सबैभन्दा लामो केक बनाउँदै रेकर्ड बनेको छ । ६।५ किलोमिटर लामो केकलाई १५ सय बन्दा बढी शेफ र बेकरीले मिलेर तयार गरेका हुन् ।

यस भ्यानिला केकको तौल २७ हजार किलोग्राम रहेको थियो । उक्त केक ४ इञ्च मोटो र चौडाइको थियो । हजारौं टेबल र डेक्सलाई जोडेर यो केक बनाइएको हो । उक्त केक प्रदर्शनीमा शेफ र बेकरीले सेतो शर्ट र एप्रिन लगाएका थिए ।

यो केक निर्माण गर्न ४ घण्टा समय लागेको थियो । करीब १२ हजार किलोग्राम चिनी र आँटाको प्रयोगमा बनाइएको केक हेर्न हजारौं मानिसहरु सहभागी भएका थिए ।

यस केकलाई बैकर्स एसोसियशन केरल ९बैक०ले बनाएको हो । बैकका सचिव नौशादका अनुसार केकको लम्बाई नापिएको छ र उक्त केक ६५०० मिटर लामो थियो तर उनले तत्काल यसको प्रमाणपत्र लिएका छैनन् । उनलाई विश्वास रहेको छ की गिनिज बुक रेकर्डमा दर्ता हुनेछ ।

नौशादले थपे की यो केकले चीनको रेकर्डलाई तोड्नेछ । सन् २०१८ मा चीनमा ३।२ किलोमिटर लामो फ्रुटकेक बनाइएको थियो ।