आज:  | Sat, 26, Sep, 2020

बहुदरमाई नपामा शिक्षाको लागी न्याय माग्न गएका बिधार्थी कर्मचारीबाटै कुटिए

बिरगंज सिटी १० माघ २०७६, शुक्रबार २२:३१मा प्रकाशित (८ महिना अघि) ६३७१५ पाठक संख्या

माघ १० वीरगंज/ पर्साको बहुदरमाई नगरपालिकामा बिधार्थीहरुद्वारा आगजनी भएको छ । बहुदरमाई नगरपालिका वडा नं. ३ नगरदाहास्थित रहेको श्री महाबीर साह माध्यमिक विद्यालयका बिधार्थीहरु बहुअरी पिँडारी चौकस्थित रहेको नगरपवालिकाको कार्यालयमा शिक्षाको लागी न्याय माग्न जाँदा उनीहरु कर्मचारीद्वारा नै कुटिएका छन् ।

कुटपिटपछि आक्रोसित भएका बिधार्थीहरु कार्यालय घेराउ गरी प्रदर्शन गरिरहेको भीडमा मेयर नितेन्द्र साह निकटकै मानिस बिधार्थीहरुलाई उकसाएर नगरपालिकाको कार्यालयमा आगजनी गराएको स्थानीयहरुले बताएका छन् ।

मेयर नितेन्द्र साहको गाउँमै रहेको श्री महाबीर साह माध्यमिक बिद्यालयमा धेरै दिनदेखी शिक्षकको अभाव तथा पठनपाठनको लागी आवश्यक पर्ने किताब उपलब्ध नभएको भन्दै अध्ययन अध्यापन समेत प्रभावित भएकोले पिडित बिद्यार्थीहरु पटक पटक मेयर साहसंग गुनासो गरेका थिए ।

पटक पटकको गुनासो पछि पनि मेयर साहले वास्ता नगरेपछि शैक्षिक अवस्था नै लथालिङ्ग भएको कारण शिक्षा प्राप्तिको लागी नगरपालिकाको कार्यालय घेराउ गर्न गएको बिधार्थीहरुको प्रदर्शनको फाईदा उठाउँदै मेयर साहले उक्त प्रदर्शनमा आफ्नो मातहत व्यक्ति परिचालन गरी बिधार्थीलाई उस्काएर नगरपालिकामा आगजनी गराएको स्थानीयको भनाई छ ।

नगरापकिलाको वडा नं. ३ का नबाबुदिन अंसारीका अनुसार बिधार्थीहरुले आफ्नो मांगको लागी लगभग डेढ घण्टासम्म कार्यालय अगाडी शान्तिपूर्ण प्रदर्शन गरेका थिए । त्यसपछि कार्यालय भित्र पसेका थिए, अनि भित्रैबाट बिधार्थीहरुलाई हातपात गर्दै बाहिर निकालेपछि बिधार्थी आक्रासित भएका थिए ।

आक्रासित बिधार्थीहरुलाई केही अभिभावकहरुले उस्काएर आगजनी गराएको उनले बताए ।

कक्षा ८ देखी दशकक्षासम्मको अहिले पनि शिक्षक नभएको र पुस्तकको अभाव तथा पठनपाठनमा अनियमितता हुँदै आएकोले शैक्षिक बाताबरण राम्रो बनाई पठनपाठन प्रभाकारी बनाउन मांग सहित आफूहरु नगरपालिकाको कार्यालयमा घेराउ गर्न गएको प्रदर्शनमा घाईते भएकी कक्षा १० मा अध्ययनरत बिधार्थी संजु कुमारीले बताईन ।

शिक्षक तथा पुस्तकको समस्या पुरा गर्ने मेयर साहले पटक पटक आश्वासन दिएपनि केही नगरेकोले बिधार्थीहरुको भविष्यसंग खेलवाड भईरहेको बेला हामी न्यायको लागी नगरपालिका घेराउ गर्न गएको उनले भनिन् ।
कार्यालय पुगेर स्कु्लको समस्याको बारेमा सोधपुछ गर्न थालेपछि कार्यालयका कर्मचारी, घर साहु लगायतले बिधार्थीहरूलाई कुटपिट गरि घाईते तुल्याएपछि बिधार्थीहरू आक्रोसित भएको स्थानीयको भनाई छ ।

कर्मचारी र घरसाहुको कुटाई पछि आक्रोसित विधार्थीहरुलाई केही व्यक्तिले उकसाएर कार्यालयको कागजपत्र लगायतको भौतिक क्षति गराएको स्थानीय नबाबुदिन अंसारीले बताए ।

समस्या सहित न्यायका लागी नगरपालिकाको कार्यालय पुगेका बिधार्थीहरुले प्रदर्शन गरिरहदाँ र कार्यालयमा आगजनी हुँदा समेत नगरपालिकाको कार्यालयमा मेयर नपुगेको स्थानीयले गुनासो गरे । उनीहरुका अनुसार मेयर नितेन्द्र साह महिनामा एक÷दुई चोटी मात्रै नगरपालिकाको कार्यालयमा केही समयको लागी आउने गर्छन । नगरपालिकाको सबै कामकाज भने वीरगंजको श्रीपुरस्थित एउटा घरमा कार्यालय राखी त्यहीबाट पालिकाको प्रायः जसो काम गर्ने गरेको स्थानीयको आरोप छ ।

प्रदर्शनमा उत्रेका विधार्थी तथा सुरक्षाकमी बिच ढुंगामुडा भएपछि अजय साह, शंजय कुमार, पुनिता कुमारी, संजु कुमारी यादव, बालकिशोर, राहुल, लालमहम्द लगायतका बिधार्थीहरु चोटपटकबाट घाईत भएका छन् । त्यसमा केही प्रहरीहरुलाई पनि समान्य चोटपटक लागेको छ ।

घाईते बिधार्थीहरुलाई उपचारको लागी नारायणी अस्पताल वीरगंजमा ल्याईएको छ ।