आज:  | Sat, 26, Sep, 2020

अफगानिस्तानमा बिमान दुर्घटना

बिरगंज सिटी १३ माघ २०७६, सोमबार १७:२७मा प्रकाशित (८ महिना अघि) ३४८७ पाठक संख्या

माघ १३ सोमबार (एजेन्सी)/  पण्ूर्वी अफगानिस्तानमा एउटा यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ । राजधानी काबुलको दक्षिणपश्चिम स्थित गजनी जिल्लाको डह याक मा विमान दुर्घटनाग्रस्त भएको प्रान्तिय गभर्नरको कार्यालयका प्रवक्ता आरिफ नुरीले बताएको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् ।
सरकारी स्वामित्वमा रहेको एयरलाईन एरियानाद्धारा सञ्चालित विमान दुर्घटनामा परेको अधिकारीहरुलाई उद्धृत गर्दै अलजजिराले लेखेको छ । विमानमा कति मानिस सवार थिए ? कति हताहत भए भन्नेबारे स्पष्ट भइनसकेको अधिकारीहरुले जनाएका छन् ।

टोलो न्यूजले उल्लेख गरेअनुसार तालिवान नियन्त्रीत क्षेत्रमा विमान दुर्घटनामा परेको र दुर्घटनास्थ्लमा अफगान विशेष फोर्स परिचालन गरिएको छ ।