आज:  | Wed, 19, Feb, 2020

प्रदेश नं.२ की राज्यमन्त्री डिम्पल झाले दिईन राजिनामा

बिरगंज सिटी १४ माघ २०७६, मंगलवार २०:५०मा प्रकाशित (३ हफ्ता अघि) १०५१ पाठक संख्या

माघ १४ जनकपुरधाम/  प्रदेश २ की भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झाले राजीनामा दिएकी छन् । राजपाको तर्फबाट राज्यमन्त्री बनेकी झा संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई राजीनामा पत्र बुझाएकी हुन् ।

‘प्रदेश सरकारमा राज्यमन्त्रीको हैसियत, पदीय मर्यादा, पदको प्रतिष्ठा जोगाउन लामो समयदेखिको मेरो प्रयासका बाबजुद स्थिति अनुकुल हुने अवस्था नरहेकाले राज्यमन्त्री पादबाट राजीनामा गरेको छु’, उनको राजीनामा पत्रमा उल्लेख छ ।

उनले प्रदेश सरकारको कार्यशैलीबाट असन्तुष्ट भएर राजीनामा दिएपछि समाजवादी पार्टी र राजपाबीचको सम्बन्ध बिग्रिने सम्भावना देखिएको छ । उनी राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य अनिल झा की श्रीमति हुन । उनी राजपाबाट प्रदेश सभासदस्यमा समानुपातिबाट चयन भएकी हुन ।