आज:  | Sat, 26, Sep, 2020

सपा पर्सामा पार्टी प्रवेशको लहरः नेपाली कांग्रेस, नेकपा परित्याग गरी ५ सयभन्दा बढिले गरे पार्टी प्रवेश

बिरगंज सिटी १८ माघ २०७६, शनिबार २१:५८मा प्रकाशित (७ महिना अघि) ९१५७ पाठक संख्या

माघ १८ वीरगंज/  पर्सामा सयौंको संख्यामा नेपाली कांग्रेस तथा नेकपा परित्याग गरि समाजवादी पार्टीमा प्रवेश गरेका छन् । कालिकामाई गाउँपालिकाको सयौं भन्दा बढि नेपाली कांग्रेससहित अन्य पार्टीका नेता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

समाजवादी पार्टीको सगठन बिस्तर तथा सुदृढिकरण अभियान अन्तर्गत बिन्दवासिनीमाई गाउँपालिकाको बहुअर्वा भाठा हनुमान मंदिरस्थित आयोजित कार्यक्रममा प्रदेश २ को सरकारले गरिरहेको विकास निर्माणको कार्यप्रति भावुक हुँदै पर्साका अन्य दलका नेता कार्यकर्ताहरु पार्टी प्रवेश गरेको बताए । उनीहरुले भने समाजवादी पार्टीको पहिचान सहितको संघीयता, सुशासन र समृद्धीको लडाईलाई सार्थ बनाउन तराई मधेश, हिमाल, पहाडका सबै उत्पिडित र विभेदमा परेका जनता लागेकोले मुलुकलाई परिवर्तनसहितको विकासको गतिमा लैजान समाजवादी पार्टीमा बाहेक अरु केही बिकल्प नभएकले आफूहरु समाजवादी पार्टीमा प्रवेश गरेको नवप्रवेशीहरुले बताएका हुन ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दी सहित विशिष्ठ अतिथिको रुपमा प्रदेश सांसद प्रहलाद गिरी, सिंघासन साह कलवार, सपा जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवले नव प्रवेशीलाई फूलमाला तथा टिका लगाई पार्टी प्रवेश गराएका हुन ।

समाजवादी पार्टी कालिकामाई गाउँपालिका अध्यक्ष दिनेश प्रसाद कलवारको अध्यक्षतामा भएको कार्यक्रममा कालिकामाई गाउँपलिका नेकपाका नेता अम्बिका हजरा, नेपाली कांग्रेसका नेता दखल कुर्मी, सिकेन्द्र ठाकुर, नेपाल संघीय समाजवादी पार्टीबाट सिकेन्द्र ठाकुर सहित, जंगी चौरसिया, हरेन्द्र चौरसिया लगायतको साथमा ५०० भन्दा बढि नेता कार्यकर्ताहरु समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

कार्यक्रममा सपा पर्साका वरिष्ठ उपाध्यक्ष सुन्दर कुर्मी, जिल्ला सचिव तब्रेज अहम्मद लगायत समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको छ ।