आज:  | Wed, 19, Feb, 2020

अध्यक्ष जैसवालले गरे इतिहासिक काम, सखुवा प्रसौनी गाँपामा जन्मिने छोरीले पाउने भए ६ लाख

बिरगंज सिटी १९ माघ २०७६, आईतवार १४:४७मा प्रकाशित (२ हफ्ता अघि) २३६६८ पाठक संख्या

माघ १९ वीरगंज/  पर्साको सखुवा प्रसौनी गाउँपालिकामा जन्मिने छोरीले ६ लाख पाउने भएकी छन् । ‘‘बेटी पढाउ बेटी बचाउ’’ अभियान अन्तर्गत प्रदेश नं. २ को सरकारले छोरी शिक्षा बिमाको रकम ३ लाख पु¥याएको र गाउँपालिकाले पनि ३ लाख दिने घोषणा गरेको छ ।

सखुवा प्रसौनी गाउँपालिकाको श्रीपुर पचगावामा शनिबार आयोजिक एक कार्यक्रममा ‘‘बेटी बचाउ बेटी पढाउ’’ अभियान अन्तर्गत छोरी शिक्षा बिमा खोल्ने कार्यक्रमको उदघाटन गरी पालिकामा जन्मिने छोरी ६ लाख पाउने घोषणा गरिएको छ ।

सखुवा प्रसौनी गाउँपालिकाकाले आयोजना गरेको उक्त कार्यक्रममा २०७५ माघ १ गते पछि जन्मेको छोरीहरुलाई १ लाखको बिमा गर्ने घोषणा गरेको प्रदेश २ को सरकारले त्यो रकमलाई ३ लाख पु¥याएको मुख्यमन्त्री राउतले बताए । उनले छोरीहरुलाई बोझको रुपमा नलिन आग्रह समते गरे । उनले मधेशमा ३ लखिया छोरी जन्मिने बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री राउतले प्रदेश सरकारले छोरीहरुको लागि तीन लाखको छोरी शिक्षा बिमा लागु गरि प्रत्येक नगरपालिका, गाउँपालिकाहरुमा अभियान संचालन गरि छोरी शिक्षा बिमा खोलिने बताए ।
‘‘हामी अहिलेलाई तीनलाख पु¥याएका छौ, स्थानीय सरकारले सहयोग ग¥यो भने यो रकमलाई २० वर्षमा २० लाख सम्म पु¥याउने लक्ष्य रहेको छ । उनले भने’’
सखुवा प्रसौनी गाउँपालिकामा छोरी शिक्षा बिमा अन्तर्गत पालिकाले पनि ३ लाख दिने घोषणा गरेपछि मुख्यमन्त्री राउतले गाउँपालिका अध्यक्ष प्रदिप जैसवाललाई बधाई समेत दिए ।

करिब १५ हजार विमा प्रदेश सरकारले गरि सकेको छ । विमा गराइ सकेका छोरीहरुले समेत यो सुविधा पाउने भएकी छन । महिलाहरुको लागि प्रदेश सरकारले ५० प्रतिशत आरक्षण लिएर आएको छ । अब प्रदेशमा आठ जिल्ला मध्ये पाच जिल्लाहरुमा महिला एसपी हुन्छ । प्रदेश मातहत प्रहरीहरुलाई ल्याउने काम भईरहेको मुख्यमन्त्री रातउले बताए ।

उनले विपन्न दलित तथा मुस्लिम परिवारलाई पनि कक्षा १ देखी ८ सम्मका छात्राहरुलाई प्रति महिना पाँच सय दिने आफुहरुको योजना रहेको बताए । चालु आर्थिक वर्षमा १४ हजार छात्राहरुलाई साईकिल बितरण गरिएको छ । आउने वर्षमा २० हजार छात्राहरुलाई अभियान चलाएर साईकल बितरण गरिने बताए ।

प्रदेश सरकारसंगसंगै पर्सामा सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले आफ्नो पहलमा गाउँपालिकाबाट छोरी शिक्षा बिमा तीन लाखको खोल्ने प्रतिबद्धता गरे । कार्यक्रममा प्रदेश सांसद प्रहलाद गिरी, सपा पर्सा अध्यक्ष रामनरेश प्रसाद यादव, प्रदेश सांसद सिंघासन साह कलवार, मंजुर अंसारी लगायत गाउँपालिकाको वडा अध्यक्ष, स्थानीय तथा कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।