आज:  | Thu, 02, Apr, 2020

‘‘हामी बरु पालमै बाहिर संसद चलाऊ’’, तर कोरोना पिडितलाई राख्न संसद भवन खाली गरौंं : सांसद यादव

बिरगंज सिटी २१ माघ २०७६, मंगलवार १४:५९मा प्रकाशित (१ महिना अघि) २०७४९ पाठक संख्या

माघ २१ वीरगंज/  समाजवादी पार्टीका प्रभावशाली नेता एंव सांसद प्रदिप यादवले चीनबाट उद्दार गरी ल्याउने नेपाली बिधार्थीलाई संसद भवन मै राख्न मांग गरेका हुन ।

संसदमा आज बसेको प्रतिनिधी सभा बैठकमा बोल्दै उनले कोरोना भाईरसको प्रभावको कारण चीनको वान सहरमा त्रासले कैदी जस्तो घरमै जीवन बिताईरहेका नेपालीहरुलाई स्वदेश फर्काउन मांग गर्दै चिनबाट ल्याउने नेपालीलाई संसद भवन मै राख्ने आवज उठाएका हुन ।

‘‘सरकारले चीन जाने जहाज तयारी अवस्थामा रहेको बताए पनि कहिलेसम्म नेपालीको उद्दारमा जहाज उड्ने भन्ने प्रश्न गर्दै उनले चीनबाट उद्दार गरेर ल्याउने बिधार्थीहरुलाई राख्न सरकारले ५ दिनदेखी ठाउँ नै खोजिरहेकोले उद्दार गरेर ल्याईने नेपालीलाई संसद नै खाली गरेर राखौं, बरु हामी बाहिरै पालमा बसेर संसद चलाऊ, नभए ३ सय ४ रोपनी जग्गा हायात  होटलले कब्जा गरेर राखेकोले उक्त होटल नै खाली गरेर नेपलीहरुकोे जिवन बचाउन सरकारसंग मांग गरेका हुन ।