आज:  | Sat, 26, Sep, 2020

धनुषालाई ४–१ गोलको अन्तरले हराएर बारा जिल्ला फुटबल संघ फाईनलमा प्रवेश

बिरगंज सिटी २३ माघ २०७६, बिहीबार १९:२०मा प्रकाशित (७ महिना अघि) ४०७५ पाठक संख्या

माघ २३ वीरगंज / वीरगंजमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगितामा बारा जिल्ला फटबल संघ फाइनलमा प्रवेश पक्का गरेको छ ।

वीरगञ्जमा शनिबारबाट सुरु भएको प्रतियोगिता अन्तर्गगत धनुषालाई ४–१ गोलको अन्तरले हराएर बारा जिल्ला फुटबल संघ विजयी भएको छ । जि पी कोइराला फाउन्डेसन पर्सा द्धारा जारी जी पी कोईराला प्रदेश स्तरीय प्रथम नकआउट फुटबल प्रतियोगिताको आज दाश्रो सेमिफाइनल बाराले जित हासिल गरेको छ ।

बीरगंजको आदर्शनगर स्थित रङगशालामा बारा र धनुषा बिच भएको खेलमा दुबै टिमले निधारित समयमा गोल हुन नसकेपछि अन्तमा टाईब्रेकरमा गेम पुगेको थियो । टाईब्रेकर सुटमा बाराले ४ गोल र धनुषाले १ गोल गरेका थिए । धनुषाले टाईब्रकरमा गोल गर्न नसकेपछि गेम बाराको हातमा पुगेको थियो ।
आजको म्यान अफ द म्याच बाराका गोल किपर जयराम चौधरी घोषित भएका हुन ।

अबको फाईनल खेल शनिबार बारा र सप्तरी बिच हुने आयोजकले जनाएको छ । फुटबल प्रतियोगितामा ८ वटै जिल्लाका फुटबल क्लबहरुको सहभागीता रहेको छ । प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख ५१ हजार नगद र उपविजेता टिमले ७५ हजार रुपैयाँ नगद सहित कप र मेडल पाउँने छ ।