आज:  | Sat, 26, Sep, 2020

गरिवी निवारणको लागी सहकारी सबै भन्दा उत्कृत व्यवस्था हो :सांसद यादव

बिरगंज सिटी २५ माघ २०७६, शनिबार १६:३९मा प्रकाशित (७ महिना अघि) ७३५१ पाठक संख्या

वीरगन्ज,माघ २५

समाजवादी पार्टीका नेता एवम सांसद प्रदिप यादवले गरिवी निवारण र आर्थिक उन्नतीको लागी सहकारी उपयुक्त एवम सर्वेाकृष्ट व्यवस्था भएको धारण व्यक्त गर्नुभएको छ ।

श्रीगणेश बचतऋण सहकारी संस्थाको ११औ बार्षिक उत्सव कार्यक्रमको प्रमुख आतिथ्यमन्तव्य व्यक्त गर्दै सांसद यादवले छरिएको पुजिलाई एकिकृत गर्दै समुदायको उत्थानमा सहकारीको धेरै राम्रो भूमिका रहेको बताउनु भयो ।उहाले देश गरिव नभए पनि चिन्तन गरिव भएको कारण समाजको विकास हुन नसकेको बताउनु भयो ।सांसद यादवले राष्ट्रिय परिपेक्षमा हकारी एन २०७४ र सहकारी नियमावली २०७५ भएपनि प्रदेश २को सरकारले यहाको समाजिक परिवेश अनुसारको सहकारी नियमावली २बर्षसम्ममा बनाउन नसकनु दुर्भाग्य भएको बताउनु भयो ।प्रदेश २को परिपेक्ष्यमा मधेसी समुदायको आर्थिक उन्नतीको लागी प्रदेश सरकारलाई अविल्ब प्रदेश स्थरीय सहकारी कानुन बनाउनं सांसद यादवले मांग समेत गर्नुभयो ।उहाले केहि सहकारी संचालकहरुको गलत रवैयाको कारण सहकारी संस्थाहरु बदनाम भएको बताउदै संचालकहरुलाई पारदर्शी हुन अनुरोध गर्नु भयो ।उहाले संचालक समितीका पदाधिकारीहरुले समय समयमा सबै सदस्यहरुलाई सस्थाको आर्थिक अवस्थाको बारेमा जानकारी गराए सदस्य र संचालक समिति बिचका सम्बन्ध अझ बजबुत हुने धारण व्यक्त गर्नुभयो ।

श्री गणेश बचत ऋण सहकारी संस्थाका अध्यक्ष अशोक टेमानीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय सहकारी बिकास बोर्डका सदस्य शम्भु गुप्ता,सहकारीका पुर्व अध्यक्ष गणेश लाठ,वीरगन्ज उधोग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया ,राजेश पडित लगायतका व्यक्तिहरुले उक्त सहकारी संस्थाको उत्तरोतर प्रगतिको कामना समेत व्यक्त गरेको थिए ।