आज:  | Sat, 26, Sep, 2020

जिपी कोइराला गोल्ड कपको फाईनलमा सप्तरी विजयी

बिरगंज सिटी २५ माघ २०७६, शनिबार २०:२९मा प्रकाशित (७ महिना अघि) ४१५९ पाठक संख्या

वीरगञ्ज, २५ माघ । वीरगंजमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनलमा बिजय भएको छ ।

जिपी कोइराला फाउन्डेसन पर्साद्धारा जारी जिपी कोइराला प्रदेश स्तरीय प्रथम नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल सप्तरीले जित हासिल गरेको छ । बीरगंजको आदर्शनगरस्थित रङगशालामा बारा र सप्तरी बिच भएको खेलमा २ गोलले सप्तरील विजयी भएको थियो । सप्तरीका जर्सी नम्बर १४ का उज्ज्वल सिह सेवाले दोश्रो आफमा १९ औं मिनेटमा गरेका थिए भने दाश्रो गोल जर्सी १६ नम्बरका देवस श्रेष्ठले गोल गरेको थियो ।बाराले गोल गर्न धेरै प्रयास गरेपनि कुनै गोल गर्न सकेन र जित सप्तरीको हातमा गएको छ । पहिलो हाफसम्म नभएको खेलमा दोस्रो हाफमा सप्तरीले २ गोल थप्दै फाइनल जितेको छ ।

खेलमा म्यान अफ दी म्याच सप्तरीका दिव सेष्ट भएका छन् भने वेस्ट गोलकिपर रामरुप चौधरी भएको थियो । माघ १८ गते देखि भईरहेकोे प्रतियोगितामा प्रदेश २ का आठ वटै जिल्लाका जिल्ला फुटबल संघका टिमले भाग लिएका थिए ।

प्रतियोगिताको सप्तरी विजेता टिमले एक लाख ५१ हजार नगद र उपविजेता बारा टिमले ७५ हजार रुपैयाँ नगद सहितकप र मेडल प्रपत गरेको छन । जिपी कोइराला फाउण्डेशनले आयोजनामा भइरहेको प्रतियोगताको फाइनलमा सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ । बिजेता टिमलाई शिल्ड र प्रमाणपत्र प्रदान मुख्य मन्त्री लालबाबु राउत गर्दीले गनु भयो ।