आज:  | Wed, 01, Apr, 2020

सबैभन्दा बढि गरिब, गरिबी प्रदेश २ मा, करिब ४८ प्रतिशत गरिबीको रेखामुनी

बिरगंज सिटी २६ माघ २०७६, आईतवार ०९:५६मा प्रकाशित (१ महिना अघि) १८७० पाठक संख्या

माघ २६ वीरगंज/ नेपालकै सातै प्रदेशमध्ये सबैभन्दा बढी गरिबी प्रदेश २ मा देखिएको छ ।

यो प्रदेशमा नीति आयोगले गरिबीको दर उच्च रहेको र मानव विकास सूचकांक निकै खस्किएको प्रतिवेदन सार्वजनिक गरेपछि उक्त प्रतिवेदनमा सबैभन्दा बढी बहुआयामिक गरिबी दर झन्डै ४८ प्रतिशत रहेको देखाएको छ ।

प्रदेश नं. २ मा अधिकांश मानिसलाई गास, बास, कपासको समस्या र बिरामी हुँदा उपचार गराउन नसक्ने अवस्थालाई बहुआयामिक गरिबीको सूचीमा राखिएको छ । यो प्रदेशको नीति आयोगको पञ्चवर्षीय योजनाको आधारपत्रमा बहुआयामिक गरिबी दर ४७.९ प्रतिशत छ । नेपालको बहुआयामिक गरिबी दर २८.६ प्रतिशत छ । बहुआयामिक गरिबीमा प्रदेश २ दोस्रो नम्बरमा छ । आर्थिक गरिबी दर प्रदेशमा २७.७ प्रतिशत छ ।

नेपालको समग्र आर्थिक गरिबी २५.२ प्रतिशत छ । यस अनुसार आर्थिक गरिबी दरमा प्रदेश २ तेस्रो नम्बरमा रहेको छ । नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाका अनुसार समग्र नेपालमा शून्य ०.४९० मानव विकास सूचकांकको दर रहे पनि प्रदेश २ को ०.४२१ प्रतिशत छ । ‘यसले प्रदेश २ धेरै नै पछाडि परेको देखाउँछ’, प्रदेश सरकारले पञ्चवर्षीय योजनाको आधारपत्रमा २७.७ प्रतिशत आर्थिक गरिबीलाई आगामी पाँच वर्षमा २१ प्रतिशतमा झार्ने गरी पञ्चवर्षीय योजना बनाएर आर्थिक गरिबी घटाउने लक्ष्य लिएको छ ।