आज:  | Sat, 26, Sep, 2020

वीरगंजमा शैक्षिक मेला आजदेखी शुरु

बिरगंज सिटी २७ माघ २०७६, सोमबार १७:११मा प्रकाशित (७ महिना अघि) ३२३५ पाठक संख्या

वीरगंज २७ माघ/ नेपालमै उच्च शिक्षा प्रदान गर्ने अभिप्रायले भिजन मिडिया ईनकर्परेशन र एजुकेसन डटकमको संयुक्त आयोजनामा २ दिने शैक्षिक मेला आजदेखी शुरु भएको छ । वीरगन्जको नगरसभा गृहमा शुरु भएको स्टडी ईन नेपाल एजेुकेशन फेयरको उद्घाटन एजुकेशन डटकमका प्रमुख कार्यकारी अधिकृत जिवन लामा गोले ले गर्नुभएको थियो ।

सो शैक्षिक मेलामा काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, वीरगन्ज पब्लिक कलेज, ठाकुराम बहुमुखी क्याम्पस लगायतका २७ भन्दा बढी कलेजको स्टल राखिएको छ । उच्च शिक्षाका लागि बिदेशमा जोनहरुको संख्या बढीरहेको बेलामा यस शैक्षिक मेलाले सो संख्यालाई कम गर्ने बिश्वास आयोजकले लिएको छ ।

२ दिने मेलाको उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत गोले ले वीरगञ्ज र यस आसपासका विद्यार्थिहरुलाई स्वदेशमै उच्च शिक्षा प्रदान गर्न सघाउ पुगोस भन्ने सोचका साथ वीरगञ्जमा पनि शैक्षिक मेलाको आयोजना गरिएको बताउनुभयो । सस्तो र सर्वसुलभ मुल्यमा गुणस्तरी उच्च शिक्षा प्रदान गर्नका लागि नेपालमै पनि राम्रा शैक्षिक संस्थाहरु छन् भन्ने कुरा पनि धेरैलाई जानकारी नभएको हुँदा यस मेलाले सघाउ पुग्ने बिश्वास पनि उहाँले व्यक्त गर्न‘भयो ।

“स्वदेशमै शिक्षा, सबैको ईच्छा“ भन्ने नाराका साथ आयोजित शैक्षिक मेलाको आज पहिलो दिनमा १५ सय भन्दा बढी विद्यार्थिहरुले निशुल्क परामर्श दिइएको मेलाका व्यवस्थापक नविन कार्कीले बताउनुभयो ।