आज:  | Wed, 19, Feb, 2020

कोरोना भाईरसबाट बचाउँन वीरगंजमा ¥याली

बिरगंज सिटी २८ माघ २०७६, मंगलवार १०:३४मा प्रकाशित (१ हफ्ता अघि) १९१२ पाठक संख्या

माघ २८ वीरगंज/ नोबेल कोरोनो भाईरस बिरुद्ध आज वीरगंजमा जनचेतना फैलाउने ¥याली निकालिएको छ ।

चीनमा देखा परेको कोरोना भाईरस नेपालमा पनि प्रवेश गरिसकेकोले त्यसबाट सर्बसाधारणलाई बचाउने गरी एक कार्यक्रम मार्फत वीरगंजमा जनचेतना मुलक ¥याली निकालिएको हो ।

ग्रीन समुदायिक सेवा केन्द्र तथा ग्रीन सिटी समुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको आयोजनामा वीरगंजका विभिन्न विद्यालयका बिधार्थी, समाजसेवी, विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुको सहभागीतामा वीरगंजको घण्टाघरबाट निस्केको ¥याली माईस्थान, आदर्शनगर, घडिअर्वा लगायतको ठाउँ परिक्रमण गरी नोबेल कोरोनो भाईरस सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु कार्कीको प्रमुख अतिथित्वमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपनिरिक्षक गंगा पन्त, पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, जिल्ला ट्राफिकका प्रहरी निरिक्षक कमलराज पण्डित, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक निर्मल पनेरु, जिल्ला ट्राफिकका प्रहरी नायब निरिक्षक सूर्य बहादुर थापा, वीरगंज महानगर स्वास्थय शाखाका हाजिर आलम, सुमन चन्द्र ठाकुर, रितेश जैसवाल, ईन्दिरा लोहनी लगायत संयों विधार्थी, स्थानीय प्रहरी प्रशासन तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता भने ग्रीन सिटी समुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानले गरेका थिए ।

यससंगै केही दिन अगाडी भारतबाट आउने कोरोनो भाईरस संक्रमित चेकजाँच गर्न वीरगंज भन्सार नाकामा ‘‘हेल्प डेक्स’’ को पनि स्थापना गरिएको थियो ।

विभिन्न संघ संस्थाले पर्सामा कोरोना भाईरस फैलिन नदिन र यसबाट मानिसलाई बचाउँन विभिन्न जनचेतना फैलाउँदै सतर्कता अपनाउन बारे जानकारी दिईदै आईरहेका छ ।

विश्वमै यो रोगको संक्रमण फैलिरहेको बेला विश्व स्वास्थय संगठनले नेपालमा पनि धेरै मानिसको आवतजावत हुने भएकोले यसबाट सतर्कता अपनाउन जरुरी रहेको बताएको छ ।

कोरोना भाईरसको संक्रमण हुँदा उच्च ज्वरो आउने, टाउको दुख्ने, श्वासप प्रश्वासमा समस्या हुने जस्ता लक्ष्ण देखा पर्ने भएकोले यस्तो लक्षण फ्लुसंग मिल्दो जुल्दो हुने भएकोले रुघा खोकी लागेका व्यक्तिबाट सतर्क रहन जरुरी रहेको पनि बताईएको छ । यस्ता लक्षण देखा परे नजिकको स्वस्थय संस्थामा गई चेँकजाँच गराउन समेत कार्यक्रम मार्फत अपिल गरिएको छ ।